प्यूठान । प्यूठानको स्वर्गद्धारी दर्शनका लािग जाँदै गरेको जीप दुर्घटना भएको छ । स्वर्गद्धारी नगरपालिकाको भिंग्री–६ रुमालेमा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।
जीपमा सवार नौ जनामध्ये तीन जनाको अवस्था गम्भीर भएको उद्धारमा संलग्न प्रहरी टोलीले जनाएको छ ।
दुर्घटनामा पर्नेहरु सबै काठमाडौंवासी भएको जनाइएको छ ।