arrow

बझाङमा भूकम्पको पराकम्पन ,स्थानियबासी डरले घर बाहिर

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ चैत १२ शनिबार
Bajhang-hamrakura-new.jpeg
बझाङ। बझाङको लेकगाँउ गाबिसबाट २० किलोमिटर उत्तर केन्द्र बिन्दु बनाई बारम्बार भुकम्पका पराकम्पन गएपछि स्थानिय स्तरमा त्रास फैलिएको छ । सनिबार बेलुका ७ बजेर २७ मिनेट जादा ३.८ म्याग्नीच्यूटको पराकम्प गएको छ । 
 
भुकम्पका कारण देशले ठूलो क्षति बेहर्नु परेका बेला यसरी भुकम्प आउन आएपछि स्थानिय घर बाहिर बसेका छन् । 
 
गत असारमा पनि एकै दिन २६ पटक पराकम्पन गएको थियो भुकम्प मापन केन्द्रका प्राबिधिक तिर्थ दाहलले भन्नु भयो आज साँझ ७ बजेर २७ मिनेटमा ३.८ म्याग्न्यूच्युडकोभुकम्प आएको छ । भुकम्प बाट बारम्बार तर्सिदै आएका स्थानिय बासीहरु भुकम्प बाट बच्ने उपायका बारेमा थप अनबिज्ञ हुदा सम्भावित घटना बाट ठूलो क्षती हुन सक्ने आकलन गरिएको छ ।
 
गत बैसाख १८ गते  पछि गएको साताको बुधबार  दिउसो २ बजेर ५५ मिनेटमा ५ स्केलको, ३ बजेर १२ मिनेटमा ४.२ रेक्टर स्केलको भुकम्प पछि स सना पराकम्पन आएका थिए । असारको दोस्रो सातााको बुधबार देखि अहिले सम्म २६ झड्का महसुस गरि सकेको भुकम्प मापन केन्द्र सुर्खेतका प्राबिधीक तिर्थ दाहनाले जानकारी दिए ।
 
भुकम्प बाट भएको क्षतीको भने बिबरण हाल नआएको जिल्ला प्रहरी कार्यालय बझागंले जनाएको छ । प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्द्रले भुकम्प बाट क्षति भए नभएको एकिन बिबरण अझै आउन नसकेको  बताउदै यसका लागी सुरक्षाकर्मीहरुलाई तयार राखेको बताउनु भयो । वहाँले जिल्लाका दुर्गम गाँउहरुमा भौतीक संरचना एकदमै कमजोर भएकाले क्षती हुन सक्ने प्रबल सम्भावना रहेको बताउनु भयो । 
 
भुकम्प फेरी पनि आउन सक्ने भन्दै स्थानियबासी रातीमा समेत घर बहिर बसि रहेका छन् ।   यस अघि बि.स. २०३७ ,२०२३ र १९९० सालको भुकम्पले बझाङमा ठूलो क्षति पुर्‍याएको बुढापाकाहरु बताउन्छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ