बागलुङको बुर्तिवाङमा जिप दुर्घटना, एकको मृत्यु, ३ घाइते
प्रकाशित २०७३ चैत १३ आइतबार
754
Shares
बुर्तिवाङ । बागलुङको ढोरपाटन नगरपालिका १ बुतिवबाङ बजार नजिकै ग २ च ९११ नम्बरको जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । जिप सडकबाट २० मिटर तल खोलामा खस्दा तमानखोला गाउँपालिका–५ का ३६ वर्षीया टिकमा विकको घटनास्थालमै मृत्यु भएको हो ।
टिकमाका छोरा ३ वर्षीय खगेन्द्र विक, सोही ठाउँका ६३ वर्षीय जसबहादुर विक र ४६ वर्षीया ज्ञानदेवी विक घाइते भएको प्रहरी निरीक्षक कृष्ण राना मगरले जानकारी दिए । घाईते तीनै जनाको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । जिपका चालक ढोरपाटन नगरपालिका–२ का ध्रुब कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।