arrow

के–के एजेण्डा पेश भए काँग्रेस बैठकमा ?

छलफल निर्वाचन परिचालनमा केन्द्रीत

logo
प्रकाशित २०७३ चैत १३ आइतबार
cong-news-aa.jpeg

काठमाडौं । व्यवस्थापिका संसद सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पार्टीको आन्तरिक व्यवस्थापन र आसन्न स्थानीय तहको चुनावी रणनीतिमा जुटेको छ । पार्टी केन्द्रीय कार्यालयमा आइतबारबाट सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा ८–९ वटा प्रस्ताव पेश भएका र ती प्रस्तावमाथि छलफल भइरहको सचेतक ईश्वरी न्यौपानेले बताइन् ।

बैठकले पार्टीको विधान अनुसार वरिष्ठताका आधारमा २२ केन्द्रीय सदस्य र सात पदाधिकारीसहित २९ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ । योसँगै बैठकका कार्यसम्पादनबारे छलफल भएको छ । संयुक्त छलफलमा विभागको संख्याबारे पनि छलफल भएको सचेतक न्यौपानेले बताइन् । ३० वटाबाट अहिले काँग्रेसले विभाग ४२ वटा बनाएको छ ।  

स्थानीय तहको निर्वाचनमा पार्टीले खेल्ने भूमिकामा बढी केन्द्रित भएको छलफलमा स्थानीय तहको निर्वाचन घोषणापत्र, निर्वाचन परिचालन, उम्मेद्वार चयन प्रक्रिया लगायतका विषयमा पनि एक साथ सदस्यहरुले धारणा राखेका छन् । बैठकमा गाउँपालिका–नगरपालिकाको क्षेत्र र सीमा निर्धारण भइसकेकाले सोही अनुसार पार्टीको संरचना मिलाउने विषयमा पनि छलफल भएको सचेतक न्यौपानेले हाम्राकुरालाई जानकारी दिइन् ।

जारी छलफलमा पार्टी संगठनहरुको अनुगमन गर्न खटिएका केन्द्रीय सदस्यहरुले तयार पारेका प्रतिवेदन र विधान अनुसार पार्टीको साधारण र क्रियाशील सदस्यता हेरफेर गर्ने विषयमा पनि छलफल चलेको बताइएको छ । बैठकमा सहभागि सदस्यहरुका अनुसार प्रमुख प्रतिपक्षी दल एमालेले चुनावलाई लक्षित गरी मेची–महाकाली अभियान सकिसकेको अवस्थामा काँग्रेसको परिचालन के हुने भन्ने विषयमा बैठकले बढी महत्व दिएको छ ।

बैठकमा काँग्रेस नेता विमलेन्द्र निधि र कृष्ण सिटौलाले बेग्लाबेग्लै ब्रिफ गरे । निधिले मधेसी मोर्चालाई सरकारमा ल्याउन भइरहेको पहलबारे जानकारी दिए भने सहमति गर्न बनेको कार्यदल सदस्य समेत रहेका सिटौलाले सत्ताधारी, विपक्षी र असन्तुष्टहरुसँग भएका छलफल र प्रगतिबारे ब्रिफ गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ