arrow

यस्ता छन् काँग्रेस बैठकले गरेका ४ महत्वपूर्ण निर्णय (विज्ञप्तिसहित)

रामचन्द्र पाैडेल र महेश अाचार्यलाई ठाउँ

logo
प्रकाशित २०७३ चैत १३ आइतबार
cong-news-aa.jpeg

काठमाडौं । काँंग्रेस केन्द्रीय समिति बैठकले सर्वसम्मत महत्वपूर्ण चार वटा निर्णय गरेको छ । समसामयिक विषयबस्तुमा छलफल गर्दै बैठकले नेपाली काँग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा २९ तथा नेपाली काँग्रेसको नियमावली २०६८ को नियम १४ अनुसार पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ ।

२९ सदस्यीय कार्यसम्पादन समिति गठन नै बैठकको पहिलो निर्णय भएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । समितिमा २२ केन्द्रीय सदस्य र पदाधिकारी तथा एक जना प्रवक्ता रहने छन् । पार्टीका ४२ वटा केन्द्रीय विभागहरु कायम गर्ने र आवश्यकता अनुसार विभागको संख्या थप गर्न सकिने निर्णय गरियो ।

यस्तै बैठकले नेपाली काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ । केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा स्थानीय तहको निर्वाचनका लागि घोषणा पत्र तयारी समिति गठन गर्ने निर्णय भएको समेत मुख्य सचिव पौडेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । बैठकले विभागको संख्या पनि टुंगो लगाएको छ । पछि थप्न सक्ने गरी ४२ वटा विभाग बनाइएको छ । बैठक सोमबार  बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
विज्ञप्ति

चैत्र १३, २०७३
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आज बस्यो । बैठकमा प्रस्तुत प्रस्तावहरु र देशको समसामयिक राजनीतिक विषयवस्तुमा केन्द्रीय सदस्यहरु— प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, खुमबहादुर खड्का, डा. रामशरण महत, अर्जुननरसिंह के.सी., नरहरि आचार्य, रमेश रिजाल, फरमूल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, एन.पी. साउँद, उमाकान्त चौधरी, अर्जुनप्रसाद जोशी, भीष्मराज आङ्दम्वे, डा. शेखर कोइराला, चन्द्र भण्डारी, अजयकुमार चौरसिया, महेन्द्र यादव, मीन विश्वकर्मा, जीवन परियार, सीता गुरुङ, श्यामकुमार घिमिरे, गुरूराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र बहादुर सिंह (लामा) तामाङले आफ्नो धारणा राख्नु भएको थियो । 
 
बैठकको निर्णयहरु देहाय बमोजिम छ—
१. नेपाली कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा २९ तथा नेपाली कांग्रेसको नियमावली २०६८ को नियम १४ बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति देहाय बमोजिम गठन गरिएको छ । 
१. श्री शेरबहादुर देउवा — अध्यक्ष
२. श्री रामचन्द्र पौडेल — सदस्य
३. डा. शशांक कोइराला — पदेन सदस्य
४. श्रीमति सीतादेवी यादव — पदेन सदस्य
५. श्री प्रकाशमान सिंह — सदस्य
६. श्री कृष्णप्रसाद सिटौला — सदस्य
७. श्री गोपालमान श्रेष्ठ — सदस्य
८. श्री बिमलेन्द्र निधि — सदस्य
९. श्री कुलबहादुर गुरुङ्ग — सदस्य
१०. श्री खुमबहादुर खड्का — सदस्य
११. श्रीमति चित्रलेखा यादव — सदस्य
१२. श्री पूर्णबहादुर खड्का — सदस्य
१३. डा. रामशरण महत — सदस्य
१४. श्री अर्जुननरसिंह के.सी. — सदस्य
१५. श्री बलबहादुर के.सी. — सदस्य
१६. श्री महेश आचार्य — सदस्य
१७. श्री नरहरि आचार्य — सदस्य
१८. श्री प्रदिप गिरी — सदस्य
१९. श्री बालकृष्ण खाँण — सदस्य
२०. श्री ज्ञानेन्द्रबहादुर कार्की — सदस्य
२१. श्री रमेश रिजाल — सदस्य
२२. डा. नारायण खड्का — सदस्य
२३. डा. मिनेन्द्र रिजाल — सदस्य
२४. डा. प्रकाशशरण महत — सदस्य
२५. श्री फरमुल्लाह मंसुर — सदस्य
२६. श्री मानबहादुर विश्वकर्मा — सदस्य
२७. श्रीमति सुजाता कोइराला — सदस्य
२८. श्री दिलेन्द्रप्रसाद बडू — सदस्य
२९. श्री एन.पी. साउँद — सदस्य
 
२. पार्टीका ४२ वटा केन्द्रीय विभागहरु कायम गर्ने र आवश्यकता अनुसार विभागको संख्या थप गर्न सकिने निर्णय गरियो । 
 
३. नेपाली कांग्रेसका नेता श्री रामचन्द्र पौडेलको संयोजकत्वमा स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय निर्वाचन परिचालन समिति गठन गर्ने ।
 
४. नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्री महेश आचार्यको संयोजकत्वमा स्थानीय तहको निर्वाचनका लागि घोषणा पत्र तयारी समिति गठन गर्ने । 
 
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि २०७३ चैत्र १४ गते सोमबार विहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा पुनः बस्नेछ । 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ