arrow

पदाधिकारी छान्न यस्तो छ देउवाको नयाँ जुक्ती

प्रवक्ता पनि २९ सदस्यीय कार्यसम्पादन समितिबाटै तोक्ने

logo
प्रकाशित २०७३ चैत १३ आइतबार
Sher.jpg.jpeg

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले लामो समय देखि अल्झिएको पदाधिकारी मनोनयन र प्रवक्ता तोक्न नयाँ जुक्ती निकालेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकबाट केन्द्रीय कार्यसम्पादन समिति गठन भएसँगै देउवाले पदाधिकारी मनोनयन र प्रवक्ता तोक्ने नयाँ जुक्ती निकालेका हुन् ।  

नेपाली काँग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा २९ तथा नेपाली काँग्रेसको नियमावली २०६८ को नियम १४ अनुसार पार्टी सभापति देउवाको अध्यक्षतामा केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ । अब देउवाले यसै कार्यसम्पादन समिति भित्रैबाट तीन पदाधिकारी र एक जना प्रवक्ता चयन गर्ने भनेका छन् ।

आइतबारको बैठकपछि पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले हाम्राकुरासँग भने, ‘२२ जना केन्द्रीय सदस्य र ६ जना पदाधिकारी र एक जना प्रवक्ता रहने गरी कार्यसम्पादन समिति गठन गरिएको हो । अब कार्यसम्पादनमा रहेकै व्यक्तिहरुबाट मनोनयन गर्न बाँकी रहेका पदाधिकारी उपसभापति, महामन्त्री र सहमहामन्त्री र प्रवक्ता चयन हुने छन् ।’ अब कार्यकर्तामा २९ जनाको कार्यसम्पादन समितिबाट निर्वाचित पदाधिकारी बाहेक कसले ठाउँ पाउलान् भन्ने उत्सुकता बढेको छ ।

बैठकमा सहभागि कार्यसम्पादन समिति सदस्य मानबहादुर विश्वकर्माले भने, ‘१ देखि २९ नम्बरसम्म बरियताका आधारमा राखिएको हो । पुराना र बरिष्ठ यीनै हुन् यीनै मध्येबाट पदाधिकारी र प्रवक्ता चयन हुने हो ।’ आइतबार बैठक प्रारम्भ मात्रै भएकाले को हुने भन्नेबारे कुरा आइनसकेको बताइएको छ । यद्यपि, कार्यसम्पादन समिति गठनको वरियतालाई लिएर शेखर कोइराला लगायतका केही केन्द्रीय सस्यले बैठकमै आपत्ति जनाए ।
कार्यसम्पादन समितिको नामावली

१. श्री शेरबहादुर देउवा     — अध्यक्ष
२. श्री रामचन्द्र पौडेल    — सदस्य
३. डा. शशांक कोइराला    — पदेन सदस्य
४. श्रीमति सीतादेवी यादव    — पदेन सदस्य
५. श्री प्रकाशमान सिंह    — सदस्य
६. श्री कृष्णप्रसाद सिटौला    — सदस्य
७. श्री गोपालमान श्रेष्ठ    — सदस्य
८. श्री बिमलेन्द्र निधि    — सदस्य
९. श्री कुलबहादुर गुरुङ्ग    — सदस्य
१०. श्री खुमबहादुर खड्का    — सदस्य
११. श्रीमति चित्रलेखा यादव    — सदस्य
१२. श्री पूर्णबहादुर खड्का    — सदस्य
१३. डा. रामशरण महत    — सदस्य
१४. श्री अर्जुननरसिंह के.सी.    — सदस्य
१५. श्री बलबहादुर के.सी.    — सदस्य
१६. श्री महेश आचार्य    — सदस्य
१७. श्री नरहरि आचार्य    — सदस्य
१८. श्री प्रदिप गिरी    — सदस्य
१९. श्री बालकृष्ण खाँण    — सदस्य
२०. श्री ज्ञानेन्द्रबहादुर कार्की    — सदस्य
२१. श्री रमेश रिजाल    — सदस्य
२२. डा. नारायण खड्का    — सदस्य
२३. डा. मिनेन्द्र रिजाल    — सदस्य
२४. डा. प्रकाशशरण महत    — सदस्य
२५. श्री फरमुल्लाह मंसुर    — सदस्य
२६. श्री मानबहादुर विश्वकर्मा    — सदस्य
२७. श्रीमति सुजाता कोइराला    — सदस्य
२८. श्री दिलेन्द्रप्रसाद बडू    — सदस्य
२९. श्री एन.पी. साउँद    — सदस्य



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ