arrow

बाबुरामको नयाँ शक्तिले झलनाथका पूर्व पीए र एमालेका पूर्व सांसदलाई पार्टीबाट निकाल्यो

logo
प्रकाशित २०७३ चैत १४ सोमबार
news-nayasakti.jpeg

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले केन्द्रीय परिषद् सदस्य निर्मल भट्टराईसहित चार नेतालाई पार्टीबाट निस्कासन गरेको छ । पार्टी हित र मूल्य मान्यता विपरीत गतिविधि गरेको भन्दै नयाँ शक्तिले केन्द्रीय परिषद सदस्यहरु निर्मल भट्टराई, चन्द्रदेव ओझा, हरिराम रिमाल र मोहन बमलाई पार्टी सदस्य समेत नरहने गरी निस्कासन गरेको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए ।

केही समय अघि डोटी जिल्लामा मोहन बम र चन्द्रदेव ओझाले समानान्तर समूह चलाउन खोजेको र निर्वाचन आयोगमा समेत समानान्तर पार्टी दर्ता गर्न खोजेको समाचार आएको थियो । पार्टी हित विपरीत गतिविधि गरेको र सोधिएको स्पष्टीकरण समेत दिन नमानेकाले पार्टीबाट निकाल्नु परेको प्रवक्ता खिमलाल दवकोटाको भनाई छ । निर्मल भट्टराई एमाले नेता झलनाथ खनालका पूर्व पीए हुँदै माओवादीबाट नयाँ शक्ति प्रवेश गरेका थिए ।

यस्तै, डोटी जिल्ला संयोजक शिवसिंह ओलीले बम र ओझाले आफै पार्टी छोड्न खोजेका बताएका छन् । उनले भने, ‘उहाँहरु जसरी आउनु भएको थियो त्यसरी हामीले सम्मान दिएकै थियौँ किन बाहिरिन खोज्नु भो थाहा भएन ।’ हामीसँग बेमेल हुनुपर्ने कारण त खासै थिएन ।

बम एमालेबाट सांसद भइसकेका व्यक्ति हुन् । नयाँ शक्ति आउनु अघि बम एमाले छोडेर तत्कालिन एकिकृत माओवादीमा प्रवेश गरेका थिए । ओझा समेत अमिक शेरचनको मसाल विलय भएसँगै माओवादीमै थिए । स्थानीय चुनाव रोक्न माग गर्दै नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग मिलेर संयुक्त वक्तव्य जारी गरेपछि निर्मल भट्टराईको समूह असन्तुष्ट बनेको बताइँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ