arrow

तरुणले जागरण अभियान संचालन गर्ने

logo
प्रकाशित २०७३ चैत १४ सोमबार
tarun-dal-new.jpg.jpeg
तेह्रथुम। नेपाल तरुण दलले तेह्रथुमका दुई वटै नगरपालिका र चार वटै गाउँपालिकामा तरुण जागरण अभियान चलाउने भएको छ । नेपाल तरुण दल जिल्ला कार्यसमितिको सोमबार बसेको बैठकले साता व्यापी तरुण जागरण जागरण अभियान सन्चालन गर्ने निर्णय गरेको अध्यक्ष विपीन सुब्बाले बताए । अभियान अन्तर्गत चैत २० गते म्याङलुङ्ग नगरपालिकामा तरुण जागरण तथा प्रशिक्षणात्मक कार्यक्रम सन्चालन हुनेछ । 
 
यस्तै चैत २१ गते मेन्छ्यायेम गाउँपालिकाको मोराहाङमा र चैत २२ गते लालीगुराँस नगरपालिकाको बसन्तपुरमा कार्यक्रम सन्चालन हुने अध्यक्ष सुब्बाले जानकारी दिए । बैठकले चैत २५ गते फेदाप गाउँपालिकाको पोक्लाबाङ बजारमा, चैत २६ गते आठराई गाउँपालिकाको सक्रान्तिबजारमा र चैत २९ गते छथर गाउँपालिकाको शुक्रबारे बजारमा तरुण जागरण कार्यक्रम गर्ने भएको छ । 
 
यस्तै नेपाल तरुण दलले अग्नीपीडित नेपाल तरुण दलको साविक सिम्ले गाउँ कार्यसमिति अध्यक्ष लक्ष्मी निङ्लेकुको परिवारलाई ५० हजार रुपैयाँ राहत स्वरुप उपलब्ध गराउने भएको छ । निङ्लेकुको घरमा २०७० सालको निर्वाचनको समयमा अज्ञात समुहले आगजनी गराएको थियो । तरुण दलले आसन्न निर्वाचन सफल गराउन र नेपाली कांग्रेसलाई विजयी गराउन समेत सबै तरुणहरुलाई आग्रह गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ