काँग्रेस र एमालेका नेता नयाँ शक्तिमा प्रवेश
प्रकाशित मिति : २०७३ चैत १४ सोमबार

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलबाट असन्तुष्टि जनाउँदै अर्काे पार्टीमा प्रवेश गर्नेहरुको लहर पनि बढ्न थालेको छ । व्यवस्थापिका संसद्को सबैभन्दा ठूलो पार्टीदेखि व्यवस्थापिका संसद्मा दर्ता नै हुन नसकेको दलसम्ममा पार्टी प्रवेश गर्नेहरुको होड चलिरहेको छ ।
सोमबार रसुवामा आयोजित एक कार्यक्रममा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले नवप्रवेशीहरुलाई खादा लगाएर स्वागत गरे । यसरी नयाँ शक्तिमा प्रवेश गर्नेहरुमा एमालेका रसुवा जिल्ला सदस्य मानकाजी ग्यावा तामाङ र काँग्रेस रसुवाका युवा नेता एवं समाजसेवी कान्छा तामाङ नयाँ शक्तिमा प्रवेश गरेको नयाँ शक्तिले जनाएको छ ।
प्रीति बाट युनिकोड युनिकोड बाट प्रीति
/a href="https://play.google.com/store/apps/details?id=com.nepalElectionResult" target="_blank">
/img src="https://hamrakura.com/uploads/advertisement/election_result_app.gif" class="shareable-class img-responsive" alt="election_result_app" title="election_result_app">