arrow

काँग्रेस बैठक : कार्यसम्पादन समिति विधान विपरीत रहेकाे प्रश्न उठ्यो

चुनावको टिकट दिने अधिकार जिल्लामै रहनु पर्ने अधिकांशको माग

logo
प्रकाशित २०७३ चैत १४ सोमबार
CONGRESS_BAITHAK.jpeg

काठमाडौं । काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आइतबार गठन भएको केन्द्रीय कार्यसम्पादन समितिबारे प्रश्न उठेको छ । केन्द्रीय कार्यसम्पादन समिति विधान अनुसार गठन हुनु पर्नेमा त्यसो नभएको र पार्टीमा त्याग र योगदान गर्नेहरुको मूल्याङ्कन नभएको भन्दै निर्णयको आलोचना भएको हो ।

बैठपछि पार्टी केन्द्रीय सदस्य आनन्द ढुंगानाले हाम्राकुरासँग भने, ‘यस्तो पनि कँही मुल्याङ्कन हुन्छ । मैले खुलस्त रुपमा सबैसामु कुरा राखेको छुँ । कार्यसम्पादन गठन पार्टीको विधान विपरीत त छ नै । हिजो ४६ सालको आन्दोलनमा गणेशमानसँगै टाउकोमा कफन बाँधेर उत्रनेहरु जुनियर भए । हिजो अमेरिका, युरोपमा लुकेर बस्नेहरु र काँग्रेसविरुद्ध नाराबाजी गर्नेहरु कसरी सिनियर भए ।’ यस्तो पनि कहीँ हुन्छ, आक्रोश पोख्दै ढुंगानाले भने ।

विधानले बढीमा २२ सदस्यीय बनाउनु भनेको छ । २९ जना कहाँबाट आए, ढुंगानाले प्रश्न गरे । पदाधिकारी छान्ने भनेर हुन्छ, उनले भने, ‘कार्यसम्पादनमा राख्नु थियो भने पहिले नै मनोनयन गर्नु पर्दैन ।’ पार्टी सभापति शेरबहादुर देउवाले २९ सदस्यीय कार्यसम्पादनमा परेकाहरु मध्येबाटै अब पदाधिकारी र प्रवक्ता छान्ने कुरा बैठकमा सुनाइसकेका छन् ।

Image may contain: text


मधेस केन्द्रीत दललाई साथमा लिनै पर्छ
बैठकमा बोल्ने अधिकांश सदस्यहरुले मधेस केन्द्रीत दललाई साथमा लिनै पर्नेमा जोड दिए । उनीहरुले पास भए पनि फेल भए पनि संविधान संशोधन प्रस्ताव सदनमा बहस गराउनै पर्नेमा समेत जोड दिएको ढुंगानाले जानकारी दिए । मधेसलाई साथमा नलिए निर्वाचनमा जान असहज हुने समेत काँग्रेस केन्द्रीय सदस्यहरुको भनाई छ ।
चुनावको टिकट दिने अधिकार जिल्लामै दिनुपर्छ
बैठकपछि पार्टी केन्द्रीय सदस्य धनराज गुरुङले सोमबार बोल्ने अधिकांश सदस्यहरुले चुनावको टिकट दिने  अधिकार जिल्लालाई नै दिनु पर्नेमा जोड दिएको बताए । गुरुङका अनुसार गाउँपालिका नगरपालिकाको संरचना अनुसार अहिले पार्टीको स्थानीय संयन्त्र बनाउन नसके तत्कालिन पदाधिकारीको समन्वय समिति जस्तो बनाउन सकिनेमा जोड दिए ।

आइतबारबाट सुरु भएको बैठकमा ९ वटा एजेण्डा पेश भएका थिए । तिनै एजेण्डामाथि सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको मुख्य सचेतक ईश्वरी न्यौपानेले बताइन् । ९ वटा एजेण्डामा नयाँ संरचना अनुसार स्थानीय स्तरमा पार्टीको संरचना बनाउनु पर्ने एजेण्डा समेत छ । प्रस्तुत एजेण्डामाथि सोमबार २३ जना केन्द्रीय सदस्यहरुले धारणा राखे ।

चैत्र १४, २०७३


प्रेस विज्ञप्ति


नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आज बस्यो । बैठकमा प्रस्तुत प्रस्तावहरु र देशको समसामयिक राजनीतिक विषयवस्तुमा केन्द्रीय सदस्यहरु— अर्जुननरसिंह के.सी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, मानबहादुर विश्वकर्मा, उमाकान्त चौधरी, जीवनबहादुर शाही, आनन्दप्रसाद ढुंगाना, दिपक गिरी, नविन्द्रराज जोशी, कमला पन्त, अम्बिका बस्नेत, धनराज गुरुङ, पुष्पा भुसाल, सुरेन्द्रराज पाण्डे, रत्न शेरचन, शंकर भण्डारी, ईश्वरी न्यौपाने, पार्वता डी.सी. चौधरी, गोविन्द भट्टराई, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, विश्वप्रकाश शर्मा, रमेश लेखक र किरण यादवले आफ्नो धारणा राख्नु भएको थियो । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि २०७३ चैत्र १५ गते मंगलबार विहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा पुनः बस्नेछ ।
कृष्णप्रसाद पौडेल
मुख्य सचिव



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ