arrow

स्वास्थ्यमन्त्री थापाले भने, 'त्यसपछि विश्राम लिन्छु'

logo
प्रकाशित २०७३ चैत १६ बुधबार
gagan-thapa-mahila-sangh.jpeg
काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापाले अबको एक दशकपछि नेपालको राजनीति अहिलेको पुस्ताको हातबाट उम्किने बताएका छन् । ‘हामी ढुंगा हानेर आएको पुस्ताले एक दशकपछिको राजनीति हाँक्न सक्दैन,’ उनले भने, ‘नयाँ पुस्ताले पक्कै पनि नेतृत्व लिन्छ ।’
 
थापाले आफू पनि आफ्ना लागि राजनीति गर्ने उर्मेरको हद तोकेको जनाउँदै त्यसपछि राजनीतिक जीवनबाट विश्राम लिने बताए । ५५ वर्ष सम्ममात्रै सक्रिय राजनीति गर्ने उनले बताए । 
 
ललितपुरमा यूवाहरुको एक कार्यक्रमलाई सम्वोधन गर्दै थापाले आफूले तोकेको समयसम्म आफनो ल्याकतले भ्याएसम्म देश र जनताका लागि गर्ने र त्यसपछि बिश्राम लिने प्रष्ट्याए ।
 
दीगो विकास लक्ष्यबारे छलफल गर्न भनेर गरिएको राष्ट्रिय युवा सम्मेलन २०१७ मा थापा बोल्दै थिए । सम्मेलनमा देशभरका ५ सयभन्दा बढी युवा सहभागी थिए । सम्मेलनमा दीगो विकास लक्ष्यमा युवाको भूमिका, बदलिँदो राजनीतिक परिवेश, संघीय संरचनामा युवाको अवसर र भूमिका, यौन तथा प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, वातावरण न्याय र दीगोपन, महिला नेतृत्व र राजनीतिक संलग्नता, नागरिकतालगायतका विषयमा छलफल भएको थियो ।
 
सम्मेलनलाई राष्ट्रिय योजना आयोगका सदस्य स्वर्णिम वाग्ले, राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारी, राष्ट्रिय युवा परिषदका सदस्य भावना भट्ट, यूएनडीपीका राष्ट्रिय निर्देशक रेनड मेयेरलगायतले सम्बोधन गरे । सम्मेलनमा एमाले नेता प्रदीप ज्ञवाली र कांग्रेस नेता विश्वप्रकाश शर्मा छलफल सत्रमा सहभागी भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ