arrow

भष्ट्रचार मुक्त भए देश समृद्ध : नेता गुरुङ

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ चैत १९ शनिबार
dhanraja.jpeg
स्याङ्जा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा व्यवस्थापिक सांसद धनराज गुरुङ्ले मुलुकलाई भष्ट्रचार मुक्त बनाउन सकियो भने समृद्ध बन्ने बताएका छन् । स्याङ्जाको वालिङ नगरपालिका स्थित पिस पोइन्ट युवा क्लवद्धारा आयोजित विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमको उदघाटन गर्दै भष्ट्रचारकै कारण मुलुक पछाडी परेको बताएका हुन् । प्रजातन्त्र देखि लोकतान्त्रिक गणतन्त्र सम्म मुलुक आइपुग्दा भष्ट्रचार मौलायो केन्द्रीय सदस्य गुरुङ्ले भने,“अव नेपाली जनता भष्ट्रचार विरोधी हुनु आवश्यक छ ।” भष्ट्रचारको जालो नतोडे सम्म मुलुक आर्थिक समृद्धि हुन सक्दैन उनले भने ।
 
मुलुकमा मिसन, दृष्टि र सोच नभएका कारण नेपाली जनताले दुःख पाएको औल्याउदै नेता गुरुङ्ले मुलुक बनाउने जिम्मेवारी हाम्रो हो र हाम्रो हातमा छ यसका लागि पहिला भष्ट्रचारलाई निर्मुल पार्नुपर्छ । नेता र ठुला कर्मचारी भष्ट्रचारमा लिप्त छन् नेता गुरुङ्ले भने,“दैनिक हजारौ युवा विदेश पलायन भएका छन् यसलाई रोक्न बेलैमा पहलकदमी थाल्नु आवश्क छ ।” युवाले भित्राएको रेमिट्यान्स माथी होली खेल्ने हाम्रा नेताहरुलाई अव खवरदारी गर्दै मुलुकलाई छिट्टै समृद्धिको बाटोमा लैजानु पर्छ उनले भने । 
 
मुलुक परिवर्तन भएपनि हाम्रा नेता अझै परिवर्तन हुन नसकेको आरोप गुरुङ्को छ । मुलुक र जनताका लागि नेताले दृष्टि नपुर्‍याउदा मुलुकको आर्थिक अवस्था दिनदिनै खस्कदो अवस्थामा पुगेको गुरुङ्ले बताए । समाज र जनताका लागि राजनीति गर्नु पर्छ व्यवस्थापिका साँसद समेत रहेका गुरुङ्ले भने,“आफ्ना लागि राजनीति गर्ने हो भने खेती किसान गर्दा राम्रो हुन्छ ।” नेताले जनता भन्दा पनि आफ्ना निम्ति राजनीति गरिदिदा मुलुकले यो अवस्था खेप्नु परेको हो उनले भने । भुकम्पबाट आहात बनेको हाम्रो मुलुकमा जनतालाई मलम लगाउनुको साटो जनप्रतिनिधिहरुले नै भत्ता बढाएर राजनीतिको खिल्ली उडाएको आरोप लगाए । 
 
मुलुकमा तोकिएको स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नसर्ने र बैशाख ३१ गते नै हुने ठोकुवा गरे । स्थानीयतहको निर्वाचनका लागि संसदमा पेश भएको शंसोधन प्रस्तावले कुनै प्रभाव नपार्ने बताउदै तोकिएकै मितिमा निर्वाचन हुने विश्वास व्यक्त गरे । 
 
कार्यक्रममा महासमिति सदस्य सरस्वती तिवारी, नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं. २ का ससभापति अर्जुनप्रकाश अर्याल, महाधिवेसन प्रतिनिधि तथा महिला संघ जिल्ला अध्यक्ष कल्पना तिवारी, महाधिवेसन प्रतिनिधि विष्णु पौडे,नेपाल शिक्षक संघ स्याङ्जाकी उपाध्यक्ष सिता गौडेल लगायतका बक्ताहरुले लामो समय स्थानीय तहको निर्वाचन नहुदा भष्ट्रचारको जालो फैलीएकोले घोषणा गरिएको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने धारणा व्यक्त गरे ।
 
 केन्द्रीय सदस्य धनराज गुरुङ्ले नेपाली काँग्रेस वालिङ १० को वडा कार्यालय समेत उदघाटन गरे छन् । कार्यालय उदघाटनमा वोल्दै आउने स्थानीयतहको निर्वाचनका लागि सबै कार्यकर्ताहरु गाँउ गाँउमा जान र हाम्रा भन्दा पनि राम्रा उमेदवार छनोट गर्न जिल्ला र क्षेत्रका नेताहरुलाई आग्रह गरेका छन् । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ