मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरो, केही सवारी पुरिएको अनुमान

प्रकाशित मिति : २०७३ चैत २१ सोमबार
फाईल तस्विर।
चितवन। मुग्लिन- नारायणघाट सडक खण्डको घुमाउने भन्ने ठाउँमा सुख्का पहिरो जाँदा केही सवारी पुरिएको छ। त्यसैगरि २ जना घाईतेको उद्दार गरि अस्पताल लगिएको छ।  मुग्लिनबाट करिब ११ किलोमिटर नारायणघाट तिर करिब साढे १० बजे उक्त सुख्खा पहिरो गएको बताईएको छ। 
 
केही मोटरसाईकल, मिनि टाटा, ट्रक र कार पहिरोमा पुरिएको भनिए पनि यकिन हुन सकेको छैन्। प्रहरी र उद्दार टोली घट्नास्थल पुगिसकेको छ। उद्दार कार्य शुरु भैसकेको प्रहरीले जनाएको छ। 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ