arrow

मुस्लिमहरुलार्इ अधिकार दिने प्रधानमन्त्रीको आश्वासन

logo
प्रकाशित २०७३ चैत २१ सोमबार
PM_with_muslim.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्लिम समुदायलाई समानुपातिक र समावेशी ढंगले राज्यका सबै निकायमा प्रतिनिधित्व गराउन आफ्नो पहल जारी रहने बताएका छन् । सोमबार दिउसो बालुवाटारमा राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । गठबन्धनले मुस्लिम समुदायको संबैधानिक सुनिश्चितता र विशेषधिकारको प्रत्याभूतिको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
 
प्रधानमन्त्रीले आफूले नयाँ संविधानमा मुस्लिम समुदायको पहिचान र अधिकार स्थापित गर्न धेरै पहल गरेको बताउँदै प्राप्त भएका अधिकारको ब्यावहारिक कार्यान्वयन र थप अधिकार प्राप्तिका लागि निरन्तर पहल गरिरहने बताए। उनले ऐन बनाउने क्रममा मुस्लिम समुदायको अधिकार स्थापित गर्नेतर्फ पनि आफ्नो ध्यान जाने बताए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ