arrow

जिल्ला समन्वय समिति महोत्तरीको ताला ११ दिनपछि खुल्यो

logo
प्रकाशित २०७३ चैत २३ बुधबार
mahottari.jpg.jpeg
काठमाडौं । चैत्र १२ गते संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जिल्ला समन्वय समिति महोत्तरीमा लगाएको ताला ११ दिनपछि खुलेको छ । स्थानीय संरचनाको बिरोध गर्दै आएको मधेशी मोर्चाले जिल्ला समन्वय समिति महोत्तरीको कार्यलयमा मोर्चाले चैत्र ११ गते ताला बन्दी गरेको थियो । मोर्चाले लगाएको ताला प्रहरीको सहयोगमा खोलेको स्थानीय बिकास अधिकारी युवराज पौडेलले बताए । समितिको दैनिक कामकारवाही प्रभावीत भएकोले ताल्चा फोरी काम सुचारु गर्न परेको पौडेलले जानकारी दिए।
 
जिल्ला समन्वय समिति महोत्तरीमा लगाइएको ताला एघार दिनपछि खुलेका कारण आज सो कार्यालयमा सेवाग्राहीको घुइँचो लागेका छन् । सरकारले २०७३ साल फाल्गुन २७ गते ७४४ वटा स्थानीय तहको घोषणा गरी देशभरका ४ महानगरपालिका १३ उपमहानगरपालिका २४६ नगरपालिका र ४८१ गाँउपालिकामा बैसाख ३१ गते स्थानीय तहको निर्वाचन गराउने तयारी गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ