arrow

एक सातापछि प्रधानमन्त्री आफ्ना नेतालाई चीन भ्रमणको कथा सुनाउँदै

logo
प्रकाशित २०७३ चैत २४ बिहिबार
PM_aaja_news.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफनो एक साता लामो चीन भ्रमणको जानकारी गराउन आफनो पार्टीका शीर्ष नेताहरुलाई आफनै सरकारी निवासमा बोलाएका छन् ।
 
भ्रमणबाट फर्किएको एक सातापछि मात्रै प्रधानमन्त्री दाहालले पार्टीका नेताहरुलाई भ्रमणको जानकारी गराउन बोलाएका छन् ।
 
चीन जानुअघि नेताहरुले आन्तिरिक छलफलमा ध्यान नदिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकषर्ण गराएका थिए । प्रधानमन्त्री दाहालले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ र उपप्रधानमन्त्री तथा अन्य चिनियाँ नेताहरुसँग गभेटवार्ता गरेका थिए ।
 
प्रधामन्त्री दाहालले औपचारिक कुनैपनि सम्झौता नगरेपनि दुई देशको सम्बन्ध सुधारमा आफ्नो भ्रमण उपलब्धीपूर्ण भएको जिकिर गर्दै आएका छन् ।
 
नेकपा माओवादी केन्द्रका ३४ जना नेता लाई आफूले गरेको चीन भ्रमणका बारेमा जानकारी गराउन प्रधानमन्त्री प्रचण्डले अपरान्ह ३ बजे बालुवाटार बोलाएका हुन । माओवादी केन्द्रको केन्द्रीय कार्यालयका कतिपय नेताहरु भने काठमाडौँ बाहिर छन् । केही समय पहिले संसदीय दलको बैठक नै बोलाउन अटेरी गरेको भन्दै नेताहरुले प्रधानमन्त्री दाहालको कडा आलोचना गरेका थिए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ