प्रतिपक्षी नेताद्वारा प्रधानमन्त्री क्यामरुनलाई खुला बहसमा आउन आग्रह
प्रकाशित २०७२ पुष १४ मंगलबार
954
Shares
लन्डन। बेलायतको प्रतिपक्षी दल लेबोर पार्टीका नेता जेरमी कर्बिनले मङ्गलबार यहाँका प्रधानमन्त्री डेभिड क्यामरुनलाई वार्षिक टेलिभिजन बहसमा सहभागी हुन आग्रह गर्नुभएको छ ।जेरमीले ट्वीट गर्दै आफूले राजनीति जनताका लागि बनाउन प्रधानमन्त्री क्यामरुनलाई खुला बहसमा सहभागी हुन आग्रह गरेको र प्रधानमन्त्रीले यसका लागि पहल गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री क्यामरुनले राष्ट्रका वर्षभरीका प्रमुख विषयमा आफ्ना मतदाताले सोधेको प्रश्नलाई टेलिभिजनद्वारा प्रस्तुत हुने खुला बहसमा छलफलमा ल्याउन पहल गर्न आग्रह गर्नुभएको हो ।जनताले आफ्ना राजनीतिक दलको कार्यक्रम सुन्न पाउनुपर्छ । निर्वाचित प्रतिपक्षद्वारा सरकारका गतिविधिलाई आवश्यक नियन्त्रण लिनेमा विश्वास गरेका हुन्छन् भन्नुहुँदै खुला बहसले यसलाई प्रभावकारी बनाउने कर्बिनले बताउनुभयो ।
सरकारलाई प्रतिपक्षद्वारा संसदभित्र वा बाहिर पनि सावधानीका साथ काम गर्नका लागि दबाब दिनुपर्ने उहाँको भनाई छ ।कुनै पनि राजनीतिक नेता जनतासँगको सम्पर्कमा भाग्न नपाइनेमा जोड दिनुभयो ।कर्बिनद्वारा प्रधानमन्त्रीलाई गरिएको आग्रहलाई स्कटिस नेसनल पार्टी (एएएनपी) ले प्रशंसा गर्दै आफू यसमा सहभागी हुने जनाएको छ । सिन्ह्वा