arrow

विरामीका आँखाको पट्टी खोल्दै प्रधानमन्त्रीले भने–सबैले उज्यालो देख्न पाउन्

logo
प्रकाशित २०७३ चैत २६ शनिबार
PM_eye_newsa_FNL.png

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आँखाको समस्या रहेका कोही पनि नागरिक उपचारबाट बन्चित हुनु नहुने र सबैले उज्यालो देख्न पाउनु पर्ने बताएका छन् ।

नेपाल आँखा अस्पतालको ४३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले स्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले शनिबार बिहान नेपाल आँखा अस्पताल परिसर त्रिपुरेश्वरमा निःशुल्क शल्यक्रिया गरिएका ४३ जना आँखाका बिरामीको पट्टी खोली वार्षिक उत्सव कार्यक्रमको उद्घाटन गरे ।

आँखाका रोगीलाई सर्वसुलभ तरिकाले गुणस्तरीय सेवा दिन सरकारका तर्फबाट पनि आवश्यक सहयोग गरिने प्रधानमन्त्री दाहालको भनाई छ । प्रधानमन्त्री दाहालले ४३ वर्ष अघि स्थापना भएको आँखा अस्पतालले हालसम्म लाखौं आँखाका विरामीहरुलाई सेवा प्रदान गर्दै हजारौंको संख्यामा दृष्टि पुनःस्र्थापना गर्ने गरी आँखाको शल्यक्रिया गरेको र यो सेवालाई अझ प्रभावकारी ढंगबाट विस्तार गर्दै लगेकोमा खुशी व्यक्त गर्दै देशमा दक्ष नेत्र विशेषज्ञ तथा नेत्र सहायक उत्पादनको क्षेत्रमा समेत उल्लेखनीय योगदान गरेकोमा आभार प्रकट गरे ।

प्रधानमन्त्री दाहालले नेपाल आँखा अस्पतालले वृद्धवृद्धा, गरिब, असहाय तथा विपन्न वर्गलाई सहुलियत दरमा सेवा प्रदान गर्नुका साथै दूरदराजमा रहेका पिछडिएको समुदायको घरदैलोमा पुगी सेवा दिँदै आएकामा खुशी जनाए ।

प्रधानमन्त्री दाहालले सीमान्तीकृत र राज्यबाट पछाडी परेका वर्गको क्षेत्रमा काम गर्न  र अस्पताल सञ्चालन व्यवस्थापनका लागि अन्य सहजीकरण र समन्वय सम्बन्धी कार्यमा सरकारले आवश्यक सहयोग गर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ