arrow

मलेसियाको राजदुतावासमा ५ हजार बढी नागरिकता अलपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०७२ पुष १४ मंगलबार
kuala_lumpurSkyline.jpg.jpeg

सुदिप निउरे, क्वालालम्पुर। आफ्नो कार्यालयमा छाडीएका नागरिकता फिर्ता लैजान मलेसियाको नेपाली राजदुतावासले सबैमा आग्रह गरेको छ । चार बर्ष अघि देखि मलेसियाको नेपाली राजदुतावासमा हजारौ नागरिकता अलपत्र छन् । नया राहदानी बनाउनका लागी नागरिकता बुझाएकाहरु सम्पर्कमा नआएपछि ती नागरिकता अलपत्र परेका हुन । पहिले १५ हजार भन्दा बेशी नागरिकता राजदुतावासमा भएकोमा अधिकांशले फिर्ता लगेको दितिय् सचिब उत्तम शाहीले बताए ।

अहिले पनि ५ हजार भन्दा बेशी नागरिकता अलपत्र भएको शाहीले जानकारी दिए । सन २०११ मा अबैधानिक कामदारका लागी मलेसिया सरकारले आह्वान गरेको घर फर्क वा बैधानिक बन ( सिक्स पि) भन्ने कार्यक्रम अन्र्तगत राहदानी बनाउनका लागी ती नागरिकताहरु संकलन गरिएका हुन ।राहदानी बनाउनका लागी  सक्कली  नागरिकतानै बुझाउनु पर्ने हुन्छ।

नागरिकता राजदुतावमा छाड्नेहरु मलेसियामै छन वा नेपाल फर्किसके यसबारे कुनै जानकारी छैन । अधिकांश नेपाल फर्किसकेको हुन सक्ने राजदुतावासको अनुमान छ । राजदुतावासले एक सुचना जारी गर्दै अबको तीन महिना भित्र आफ्नो नागरिकता फिर्ता लैजान आग्रह गरेको छ ।
आगामी मार्च ३१ तरीख सम्म पनि नागरिकता लिन नआएमा बाकी रहेका सबै नागरिकता नेपाल पठाईने जारी सुचनामा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ