- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मनिषा चम्लागाई, मंगलबारे । इलाम जिल्लाको देउमाई नगरपालिका ५ सिङगलप्पाको फेदी देउमाई खोलाको किनार चाचले घाटमा विभिन्न देवी देवताका शिलाहरु भेटिएका छन् । बिभिन्न देवी देउता झल्कने यी सिलाहरु निक्कै पुरानो हुनसक्ने स्थानीयले बताएका छन् । पुराना शिलाहरु भेटिएपछि देवी देउताको बास भएको भन्दै स्थानीयहरु संरक्षणमा जुटेका छन् । देवी देउता भेटिएको भन्दै हेर्न स्थानीयहरुको देउमाईको किनार स्थित चाचले घाटमा पुग्न थालेका छन् ।
भेटिएका शिलाहरु स्थानीय व्यत्ति धनबहादुर कार्कीले सपनामा सङ्केत पाएको र त्यस स्थानमा गएर हेर्दा गणपति खराऊ, जलेश्वर महादेव, कोलधारी,गणेश भगवान, शिवलिङ्ग, कछुवा लगायतका शिला फेला परेको बताए ।
उत्त शिलाहरुको संरक्षणका लागि आर्थिक स्रोत जुटाएर मन्दिर बनाउन तथा श्रमदान गर्न स्थानीय लागिपरेका छन् । यी सिलाहरुको संरक्षण र यस क्षेत्रको बिकासको लागि सम्बन्धीत निकायले चासो दिनुपर्ने उनीहरुको माग रहेको छ ।