arrow

गुजरातविरुद्ध चम्किए वार्नर, सनराइजर्सको लगातार दोस्रो जित

logo
प्रकाशित २०७३ चैत २७ आइतबार
warnar_.png

हैदरावाद । इन्डियन प्रिमियर लिग अाइपीएल क्रिकेटमा सनराइजर्स हैदरावादले लगातार दोस्रो जित निकालेको छ । आफ्नो पहिलो खेलमा सनराइजर्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ३५ रनले हराएको थियो । हैदरावादमा आइबार बेलुकी भएको खेलमा सनराइजर्सले गुजरात लायन्सलाई ९ विकेटले हराएको हो ।

एक सय ३६ रनको चुनौती पछ्याएको सनराइजर्सलाएई जिताउन कप्तान डेभिड वार्नरले अविजित ७६ रन बनाए । यस्तै, मोइस हेन्रिक्वेजले अविजित ५२ रन जोडे । गुरातका प्रविन कुमारले जम्मा १ विकेट लिए ।

सनराइजर्सले गुजरातले दिएको चुनौती २७ बल बाँकी छँदै जम्मा एक विकेटको क्षतिमा पार गर्यो । टस हारेर पहिले व्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ३५ रन बनाएको थियो । वार्नर र हेन्रिक्वेजले एक सय २८ रनको साझेदारी गरेपछि सुरेश रैनाको टोली सस्तैमा समेटियो । योसँगै सनराइजर्स हैदरावाद लिगको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ