arrow

अमेरिकी 'डलरवाला' पाईलट प्रहरी थुनामा, बयान लिन सुरु

संगठित अपराधको शंकामा छानविन

logo
प्रकाशित २०७३ चैत २८ सोमबार
nepal_airlines_captain.png

काठमाडौं । अवैध अमेरिकी डलरसहित पक्राउ परेका वरिष्ठ पाईलट सुवर्ण अवालेमाथि अनुसन्धान सुरु भएको छ । प्रहरीले अवालेलाई राजश्व अनुसन्धान विभागमा हाजिर गराएसँगै अनुसन्धान सुरु भएको हो । विभागले सोमबारै जिल्ला अदालत काठमाडौैबाट ५ दिन थुनामा राख्ने गरी म्याद थप गराएको छ ।

सोमबार बयान सुरु भयो, विभागका सूचना अधिकारी देवीप्रसाद थपलियाले हाम्राकुरासँग भने, ‘क्याप्नेट सावको बयान सुरु भएको छ । बयान सकिएको छैन । वयान नसकिएसम्म मुद्दा दर्ता हुँदैन । आवश्यक अनुसन्धानका लागि अदालतले पटक–पटक गरी ३० दिन सम्म थुनामा राख्न सकिने भनेको छ । अहिले पाँच दिनको म्याद थप भएको छ ।’

नेपाल एयरलाइन्सका वरिष्ठ पाईलट अवाले आइतबार राति एयरपोर्टमा जहाज उडाउन भनि छिरेकै बेला ९३ हजार ६०० अवैध अमेरिकी डलरसहित पक्राउ परेका थिए । नेपाल एयरलइनसको कलसाइन आरए–२२९ जहाजको काठमाडौं दुवई उडानका लागि क्याप्टेन अवाले विमानस्थल छिरेका थिए ।

अवालेको हृयाण्डक्यारी एक्सरे मसिनमा स्क्यान गर्ने क्रममा शंका लागेपछि प्रहरीले खोलेर चेक जाँच गर्दा अवैध वैदेशिक मुद्रा भेटिएको हो । महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रद्युम्न कार्कीका अनुसार अवालेलाई रातभर गौशला प्रहरी वृत्तमा राखिएको थियो । राजश्व अनुसन्धान विभागका सूचना अधिकारी थपलियाका अनुसार बयान सकिएपछि सरकारी वकिल कार्यालयबाट राय लिई जिल्ला अदालतमा मुद्दा दर्ता गरिनेछ ।

विभागले संगठित अपराध वा डलरको अवैध कारोबारको शंका लिई छानविन गरिरहेको छ । क्याप्टेन अवालेलाई सोझै वैदेशिक मुद्रा अपचलनमा मुद्दा लाग्ने भएपनि संगठित अपराधको शंकामा सुक्ष्म अनुसन्धान गर्नु पर्ने देखिएको विभागले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ