arrow

जिल्ला प्रशासनकै खरिदार अपहरण गिरोहमा सक्रिय, तीन पक्राउ, दुई फरार

logo
प्रकाशित २०७३ चैत २८ सोमबार
apaharan.jpg

झापा । मानव अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजेन्द्र न्यौपानेसहित तीन जनालाई पक्राउ परेका छन् ।

खरिदार न्यौपानेसँगै मेचीनगर–८ का ४२ वर्षीय अजय राई र भद्रपुर–६ का ४० वर्षीय प्रेम न्यौपाने पक्राउ परेका हुन् । राई काँग्रेस कार्यकर्ता रहेका र न्यौपाने व्यवसायी रहेका बताइएको छ ।

विर्तामोडका जीवन विष्टले आफूलाई अपहरण गरी बन्धक बनाएर करोडौं मूल्य पर्ने जग्गा पास गर्न लगाएको उजुरी दिएपछि गिरोहलाई नै पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न दुई जना अझै फरार रहेको बताइएको छ । उनीहरुको खोजी भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ