arrow

एमाले काठमाडौंको विवाद मिलाउने जिम्मा बामदेवलाई

logo
प्रकाशित २०७३ चैत २८ सोमबार
bamdev-gautem.jpg.jpeg

काठमाडौं । काठमाडौं एमालेको विवाद मिलाउने जिम्मा कार्यवाहक अध्यक्ष बामदेव गौतमले पाएका छन् ।
सोमबार बसेको स्थायी समितिको बैठकको अध्यक्षता गरेकै गौतमले काठमाडौ जिल्लाको विवाद मिलाउने भएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी समितिको बैठकले काठमाडौं जिल्लाको विवादका विषयमा जिम्मेवारहरुसँग आवश्यक राय, परामर्श गरी समस्याको समाधान कार्यबाहक अध्यक्ष वामदेव गौतमसहित पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, प्रदेश नम्बर ३ संयोजक अष्टलक्ष्मी शाक्य र महासचिव कमरेड ईश्वर पोखरेललाई जिम्मेवारी दिएको हो ।  

स्थायी समितिको बैठक बस्नु भन्दा एक दिन पहिले आइतबार माधव कुमार नेपाल समूहले काठमाडौं जिल्लाको भेला गरेर बसन्त मानन्धरको नेतृत्वमा ३८ सदस्यी समानान्तर जिल्ला समिति घोषणा गरेका थिए ।
घोषण सभामा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालर सचिव योगेश भट्टराईले सम्बोधन गरेका थिए ।

खनाल र नेपालले विधि सम्वत कुरा गर्नेहरुलाई साथ दिने बताएका थिए भने, सचिव भट्टराईले नवौं महाधिवेशनको म्यान्डेड उल्टिसकेको उद्घोष गरेका थिए । पार्टी अध्यक्ष केपी ओली उपचारको लागि थाइल्याण्ड गएका बेला काठमाडौं जिल्ला कमिटीको विवाद उत्कर्षमा पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ