arrow

तरुणको शक्ती प्रर्दशनमा भरियो दैलेख सदरमुकाम

logo
नविन कुमार शर्मा ।
प्रकाशित २०७३ चैत २८ सोमबार
congress-tarun-dal-dailekh.jpg

दैलेख । झण्डै २० वर्ष पछि नेपालमा हुन लागेको स्थानीय तहको निर्वाचनको मुखमा आएर नेपाल तरुण दल दैलेख शाखाले विशाल जुलुस सहित शक्ती प्रर्दशन गरेको छ । तरुण दल दैलेखले आयोजना गरेको  कार्यक्रममा जिल्लाका तरुणहरु समावेश भएका थिए । 

झण्डै पाचँ सय मोटरसाईकलमा रहेका युवाहरुले चुप्रा देखी दैलख वजार सम्म मोटर साईकल र्‍याली गरेका थिए । जिल्लामा यसरी तरुणले वृहत कार्यक्रम गर्दा पार्टिका सवै नेताहरुको उल्लेखनीय सहभागीता देखिएको थियो । 

कार्यक्रमको संयोजक रहेका भुपेन्द्र शाहीले अव नेपाली काग्रेसले स्थानीय तहको निर्वाचनमा युवाहरुलाई पनि उचीत स्थान दिनु पर्ने जोड दिदै नेपाली काँग्रेसको मेरुदण्ड भनेको तरुण दल रहेकोले आफ्ना कार्यक्रममा तरुण दललाई  समेत संगसंगै लग्नु पर्ने वताएका थिए । 

कार्यक्रमको प्रमुख अतिथि नेपाल  तरुण दलका केन्द्रिय महासचीव भुपेन्द्र जंग शाही थिए । युवाहरुको वृहत भेलालाई सम्भोदन गर्दै नेपाली काग्रेस दैलेखका सभापती कृष्ण कुमार वि.सी., पुर्वस्थानीय राज्य मन्त्रि गणेश वहादुर खड्का, पुर्व पार्टि सभापतीहरु, क्षेत्रीय सभापति गणेश उपाध्याय र घनश्याम भण्डारी लगाएत युवा नेताहरुले नेपाली काँग्रेसनै जनताको सवैभन्दा विश्वासीलो र विकासप्रेमी पार्टी रहेकोले आगामी निर्वाचनमा नेपाली काग्रेसलाई विजयी गराउन जनतालाई अपील गरेका थिए । 

यूवाहरुलाई आगामी स्थानीय तह निर्वाचनमा उचीत न्याय सहितको उम्मेदवारमा सहभागी गराउन अनुरोध गर्दै तरुण दल दैलेखका युवा नेताहरुले नेपाली काँग्रेसको विजयी हुने गरी उम्मेदवार छनौट गर्न समेत सुझाव दिएका थिए । 

नेपालमा लोकतन्त्र स्थापना नेपाली काग्रेसको अगुवाईमा र संविधान जारी गर्न समेत नेपाली काँग्रेसले उच्च भुमीका निर्वाह गरेकोले पनि अव संविधान अक्षरस लागु गर्न पनि फेरी नेपाली काँग्रेसलाई बहुमत दिन सवैसमक्ष आग्रह समेत गरेका थिए । 

अवको जनताको चाहना भनेको विकास, शान्ती र समृद्धी भएकोले सवैले मत हाल्नु भन्दा पहिले राम्रोसंग सोचेर मात्र मतदान गर्न नेपाल तरुण दलका महासचीव भुपेन्द्र जंग शाहीले आग्रह गरे । तरुण दल नेपाली काग्रेसको मुटु रहेकोले पनि युवा शक्ती देशको विकास र निकासका लागी अहिलेको आवश्यकता रहेको वताएका थिए । 

नेपाली माटोले जन्माएको विशेश्वर प्रसाद कोईरालाले जन्माएको र समाजवादलाई आत्मसाथ गर्दै २००७ सालदेखि अहिले सम्म अभिभावको जिम्मेवारी लिदै देशलाई विकासको गतीमा लागेको वताएका थिए । 

नेपाली काँग्रेसले विगत २० वर्ष देखि रोकिएको स्थानीय निकायको निर्वाचनको घोषणा समेत गरेर जनताको प्रतिनिधि विहिन स्थानीय तहमा पुन जनतालाई प्रत्यक्ष शासन संचालन गर्ने स्थानमा वसाल्न कोसिस गरेकोले सवैले स्थानीय तहको निर्वाचनमा सहभागी हुन समेत आग्रह गरेका थिए ।

कार्यक्रमको अध्यक्ष रहेक तरुण दल दैलेखका अध्यक्ष लाल वहादुर चन्दले नेपाली काँग्रेसको मुलमन्त्रलाई आत्मासाथ गरेर हिड्ने तरुण दलले आगामी निर्वाचनमा जुनसुकै जिम्मेवारी दिएमा पनि आफु लगाएर आफ्नो नेतृत्वमा रहको संगठनले पुर्ण रुपमा पुरा गर्ने वताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ