arrow

काँग्रेस, एमाले र माओवादी अध्यक्षको औपचारिक पढाई कति ? 

logo
प्रकाशित २०७३ चैत २९ मंगलबार
KP-oli-Prachanda-Shre-bdr-deuwa.jpeg

काठमाडौं। स्थानिय तहको निर्वाचन नजिंकिंदै जाँदा नेपाली राजनीतीमा बिभिन्न आयामहरुमा बहश सुरु हुन थालेका छन्। यस्ता आयामहरुमा बिकाश, स्थायीत्व, संघियता लगायतका बिषय छन्। 

चुनाव नजिकिदै गर्दै नेताहरुको अध्ययनको विषय पनि वहशको विषय भएको छ। औपचारिक अध्ययनको विषयलाई नेताहरुले नै सार्वजनिक चासो र चर्चाको विषय बनाएका छन्। 

नेपाली राजनीतिका 'आशलाग्दा' भनिएका युवा नेताहरु भने नेताका पढाइको कुरा गर्दै सामाजिक संजाल तताईरहेका भेटिन्छन्। नेकपा एमालेका सचिव एवं प्रचार बिभाग प्रमुख योगेश भट्टराईले सामाजिक संजाल ट्विटरमा नेपाली काँग्रेस सभापति शेर बहादुर देउवा प्रति कटाक्ष गर्दै अनपढको संज्ञा दिएपछि अहिले सामाजिक सञ्जालमा वहश मात्र भएको छैन आरोप प्रत्यारोप नै शुरु भएको छ। 

भट्टराईले ट्विटरमा लेखेका छन् 'पढेलेखेकालाई नै उखानटुक्का पनि आउछ, अनपढलाई त कालो अक्षर भैंसी बराबर : देउबाजी'। काँग्रेस सभापति देउवाले एमाले अध्यक्षले भन्ने गरेका उखान टुक्कालाई कटाक्ष गरेको समाचार एक दैनिक पत्रिकामा प्रकाशित भएपछि भट्टराईको यस्तो प्रतिक्रिया आएको हो। 

भट्टराईको ट्विटमा कोट ट्विट गर्दै काँग्रेस नेता विश्वप्रकाश शर्माले लेखेका छन्- 'कुन पार्टीका अध्यक्षले कति पढेका छन्…त्यो पनि खोजौं ! तर कमरेड हाम्रो पुस्ताको पहिचानमा ` तिक्त बोली´ को ` लेप´ एकदमै नलगाऔं !!' उनले भट्टराईलाई हाम्रो पुस्ताले तितो बोली नबौलौं भनेर आग्रह पनि गरेका छन्।

नेपाली राजनीतिमा पछिल्लो पुस्ताका नेताहरुमा अधिकांश पढेलेखेका भेटिन्छन्। पुरानो पुस्तामा पनि अनुभव र पढाईको मिश्रण भएका भेटिन्छन भने अनुभवमात्र भएका पनि भेटिन्छन्।

यो वहशपछि मुख्य राजनीतिक दलका नेताहरुको औपचारिक शिक्षाबारे हामीले जान्ने प्रयास गरेका छौ। सांसद समेत रहेका ति नेताहरुले संसद सचिवालयमा दिएको औपचारिक जानकारी अनुसार हामीले कुन नेताले कति पढेका छन् भनेर पाठक माझ पस्कन प्रयास गरेका छौ।

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले एमए, एलएलबी गरेका छन्। उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् भने कानुनमा स्नातक गरेका छन्। देउवासँग लामो राजनीतिको अनुभव रहेको छ। उनले बि.स. २०२२ सालदेखि राजनीति गरेका हुन्।

Related image

प्रधानमन्त्री पुष्पकमल दाहालले कृषीमा स्नातकसम्मको अध्य्यन गरकेा छन् र लामो समयको राजनीतिको अनुभव संगालेका छन्। उनी बि.स. २०२८ सालदेखि राजनीतिमा लागेका हुन्।

Image result for prachanda

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बि.स. २०२५ सलादेखि राजनीति गरेका हुन्। उनको आधिकारिक पढाइको बारेमा अनेक आंकलनहरु हुने गरेका छन् तर यकिनका साथ कसैले पनि भन्ने गरेको छैन्। ओलीले आफैले आफ्नो पढाईको बारे खासै प्रतिकृया दिएको पाईन्न। संसद सचिवालयमा दिइएको व्यक्तिगत विवरणमा मानार्थ सर्टिफिकेटको चर्चा भएपनि औपचारिक शिक्षाको कुरा उल्लेख छैन। बताइए अनसार ओली एसएलसी सरह पनि औपचारिक अध्ययन गरेका छैनन।

Image result for kp oli

हुनत: राजनीतिमा सिकाई र गराईले पाईने शिक्षा सबैभन्दा महत्वपुर्ण हुन्छ भनेर विद्वानहरुले भन्ने गरेका छन्। यति हुँदा हुँदै पनि नेताहरुको अध्य्यन र आधिकारिक पढाईले निर्णय क्षमतामा राम्रो असर गर्ने भने पक्का रहेको छ। अध्य्यन गर्ने र आधिकारिक पढाई भएका नेताहरुले कुनै पनि निर्णयले पार्ने दुरगामी राम्रा वा नराम्रा असरका बारे राम्रो आँकलन गर्न सक्छन। 

यसैगरि अध्य्यनले चिन्तन गर्नमा सहयोग पुर्‍याउँछ र चिन्तनले मनन गर्न सिकाउने हुँदा बिना अध्य्यनका नेताहरुले समाजमा लामो समयसम्म नकरात्मक असर पार्ने निर्णय लिने संभावना रहेको विश्लेसकहरुको बुझाई रहेको छ। कम अध्ययन भएका नेताहरुले गर्ने निर्णय तुरुन्तै अति राम्रो र जनआकर्षण रहेपनि दुरगामी प्रभाव भने नकरात्मक पर्न सक्ने संभावना ज्यादा हुन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ