arrow

प्रचण्डको भविष्यवाणी : माओवादीले मात्रै परिवर्तन संस्थागत गर्न सक्ने

logo
प्रकाशित २०७३ चैत २९ मंगलबार
PM_dahal_boli.jpg

काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताले रगत र पसिना बगाएर प्राप्त गरेका परिवर्तनका एजेण्डा माओवादी केन्द्रले मात्रै संस्थागत गर्न सक्ने बताएका छन् । माओवादी केन्द्र ललितपुर महानगरपालिकाको प्रथम एकता अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले माओवादी नेतृत्वले मात्रै जनभावनाको कदर गर्न सक्ने ठोकुवा गरे ।

माओवादी केन्द्र मुद्दै मुद्दा भएको पार्टी हो भन्दै जनताको मुद्दा कार्यान्वयनका लागि यो पार्टीले चुनावमा जित्नुपर्ने बताए । प्रधानमन्त्री दाहालले संघीयता, गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्षता, समावेशीता, मधेस, दलित जनजाति लगायतलाई राज्यको मूल प्रवाहमा ल्याउने काम माओवादीले गरेको बताउँदै अब यसलाई कार्यान्वयन गराउन पनि माओवादीले जित्नुपर्ने कुरामा जोड दिए ।

प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचनमार्फत् सिंहदरबारमा रहेको सत्तालाई गाँउ–गाँउ लैजाने काम माओवादी केन्द्रको एजेण्डाकै कारण सम्भव भएको बताए । स्थानीय तहको निर्वाचन आफ्नो सरकारको कारण सफल भएको बताउँदै प्रधानमन्त्रीले माओवादीले जितेन भने प्राप्त उपलब्धीहरु गुम्नसक्ने औँल्याए । प्रधानमन्त्रीले आफू प्रधानमन्त्री भए पछि आर्थिक वृद्धिदर ६ प्रतिशत नाघेको, देशभर मूल्यवृद्धि घटेको तथा लोडसेडिङ अन्त्य भएको बताए ।

प्रधानमन्त्रीले आफूले धेरै राम्रा काम गरे पनि प्रचार गर्न नसकेको स्वीकार गर्दै जनताले सही कुरा बुझ्दै गएको बताए । आफूले जनताको सेवा, देशको विकास र सम्बृद्धिभन्दा अन्य केही नसोचेको बताउँदै इच्छाशक्ति हुने हो भने छिट्टै देशको मुहार फेर्न सकिने प्रधानमन्त्री दाहालको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ