arrow

सबै जिल्लाबाट मतदानस्थलको विवरण प्राप्त

logo
प्रकाशित २०७३ चैत २९ मंगलबार
election-commission.jpg.jpeg

काठमाडौं। स्थानीय तहको निर्वाचनका लागि मुलुकका ७५ जिल्लाबाट मतदानस्थलको यकिन विवरण प्राप्त भएको आज निर्वाचन आयोगले जनाएको छ।


निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार आज सिरहा र सप्तरीबाट समेत निर्वाचनस्थलको सङ्ख्या यकिन भएर आएको हो।

आयोगका अनुसार सिरहामा दुई सय १८ र सप्तरीमा दुई सय ९२ मतदानस्थल रहने छन्। केही दिनअघि मात्रै धनुषा, महोत्तरी, सल्लाही, रौतहट, बारा र पर्साको मतदानस्थलको विवरण आयोगलाई प्राप्त भएको थियो।


स्थानीय राजनीतिक दल सम्मिलित जिल्ला समन्वय समितिको सिफारिसमा मतदानस्थल निश्चित गरी जिल्ला निर्वाचन कार्यालयमार्फत आयोगमा विवरण उपलब्ध गराउने व्यवस्था रहेको छ ।

निर्वाचन केन्द्रको सङ्ख्या भने मतदाता सङ्ख्याको चापलाई दृष्टिगत गरी निर्धारण गरिने आयोगले जनाएको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ