बाबुराम र उपेन्द्र मिल्दै, वैशाख १ गते पार्टी एकता घोषणा

प्रकाशित मिति : २०७३ चैत २९ मंगलबार

काठमाडौं । बाबुराम भट्टराईको नयाँ शक्ति र उपेन्द्र यादवको संघीय समाजवादी फोरमबीच पार्टी एकता हुने भएको छ । दुवै पार्टीले सद्धान्तिक सहमति गरेको र आउँदो वैशाख १ गते पार्टी एकता घोषणा निर्णय गरेको बताइएको छ ।

दुबै पार्टीबीच पद मिलाउने विषयमा पनि छलफल भएको बताइएको छ । यद्यपि, बाबुरामका सहयोगी विश्वदीप पाण्डेले भने तत्काललाई सिद्धान्त र विधानको विषयमा छलफल भएको बताए ।  पद बाँड्ने विषय प्रवेश नभएकाे उनकाे भनाई छ ।

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ