arrow

सेफ्टीट्यांकीको फोहोर उचित व्यवस्थापन गर्न मन्त्री शाहीको निर्देशन 

logo
प्रकाशित २०७३ चैत ३० बुधबार
mantri-shahi.jpeg

काठमाडौं। खानेपानी तथा सरसफाइ मन्त्री जीवनबहादुर शाहीले सेफ्टीट्यांकीबाट निकालिएको फोहोर उचित ठाउँमा व्यवस्थापन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।  काठमाडौं उपत्यका खानेपानी व्यवस्थापना बोर्डलाई मन्त्री शाहीले यस्तो निर्देशन दिएका हुन्। 


मन्त्री शाहीले सेफ्टीट्यांकीबाट निकालिएको फोहोर व्यवस्थापन गर्नका लागि उचित स्थान नतोकिएको भन्दै यस्तो फोहोर व्यवस्थापन गर्नका लागि निश्चित ठाउँ तोकिनु पर्ने बताए। सेफ्टीट्यांकीको फोहोर व्यवस्थापन गर्नका लागि प्रयोग हुने साधनलाई अनुमति लिने व्यवस्था गर्न निर्देशन दिंदै मन्त्री शाहीले ढल र फोहोर व्यवस्थापन गर्नका लागि प्रयोग हुने साधनहरुले खानेपानी व्यवस्थापन बोर्डमा दर्ता भइ संचालन अनुमति लिएपछि मात्र संचालन गर्न पाउने व्यवस्था हुनुपर्ने धारणा राखे। 


ढल र फोहोरलाई प्रशोधन र व्यवस्थापन गर्नका लागि प्रशोधन केन्द्र आवश्यक रहेको भन्दै मन्त्री शाहीले त्यसका लागि तयारी गर्न पनि आग्रह गरे। उनले सेफ्टीट्यांकी सफा गर्दा निश्चित शुल्क लिन पाउने व्यवस्था मिलाउनुपर्नेमा जोड दिंदै त्यसले गर्दा जनतालाई राहत हुने र सहज रुपमा सेवा उपलब्ध हुने बताए। 


सेफ्टीट्यांकीबाट फोहोर निकाल्दा सुरक्षित र व्यवस्थित ढंगले निकाल्न उत्प्रेरित गर्नु पर्ने भन्दै शाहीले सरसफाइनै मानव जीवनको महत्त्वपूर्ण पाटो भएको बताए। जनतालाई राहत हुने र आवश्यकता परेको समयमा सहज रुपमा सेवा उपलब्ध गराउन सक्ने किसिमको व्यवस्था मिलाउनुपर्नेमा मन्त्री शाहीको जोड छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ