कपिलवस्तु। शिवराज नगरपालिका १० शितलापुर गाउँमा आगलागी हुदा ५९ घर गोठ जलेर नष्ट भएको छ। वुधवार करिव ११ बजेको समयमा मन्नन मियाँको घरबाट लागेको आगोले विकराल रुप लिएको थियो। केही दिन यता तराइमा दिउसो पश्चिमी तातो हावा हुरीको कारण आगो एक ठाउंमा लागेपछि सो गाउंका सवै जसो घरमा फैलीएको थियो।
शितलापुर गाउको दक्षिण टोलमा रहेका ५९ घर पुर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगोबाट स्थानीय ४५ बर्षीय सिताराम लोनिया घाइते भएका थिए। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ।
आगलागीबाट बसीर मियाँको १३ , मन्सुर मियाँको ४ , मन्नन मियाको ४ सत्यनारायण यादवको ४ बाख्रा मरेका छन। आगलागी पश्चात प्रमुख जिल्ला अधिकार विष्णु प्रसाद ढकाल, जिल्ला प्रहरी प्रमुख भोजजगं शाहको टोलीले आग्नी पिडित वस्तीको अवलोकन गरेका थिए।
प्रजिअ ढकालले प्रत्येक अग्नी पिडितलाई १० हजार रपैयाँको दरले राहत दिने प्रतिबद्धता जानउदै तत्काल रु ५ हजारको दरले आग्नी पिडितहरुलाई वितरण गर्नु भएको छ। कपिलवस्तु नगरपालिका र कृष्णनगर नगरपालिकाको दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी स्थानिय नागरिकको सहयोगले आगो दिउसो करिब ३ बजे नियान्त्रणमा आएको थियो।
आगोले यो गर्मीको मौसममा सितलापुरवासीलाई खुल्ला आकाश मुनी बस्न बध्य बनाएको छ। विष्गतका वर्षहरुमा समेत कपिलवस्तुमा गर्मी मौसम सूरुवात सगै सयौ घरहरु जलेर नष्ट भएका थिए। सावधानी नपनाउदा आगोलागी वाट समस्या भोग्नु परेको जानकाररु वताउदछन्।