arrow

पूर्वराजा ज्ञानेन्द्रले यस्तो दिए नयाँ वर्षको शुभकामना सन्देश

logo
प्रकाशित २०७३ चैत ३१ बिहिबार
gyanendra-shah1.jpg.jpeg

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष पूर्व सन्ध्यामा शुभकामना सन्देश जारी गर्दै दलहरुबीच बढेको दुरीप्रति चिन्ता प्रकट गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रले जारी गरेको शुभकामना सन्देशमा दलहरुले संवाद र सहमतिलाई राजनीति केन्द्रीत बनाएको समेत उल्लेख गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले पछिल्लो समय न्यायपालिका र कार्यपालिकाबीच बढेको दुरीतर्फ संकेत गर्दै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीच असन्तुलन बढेको भन्दै चिन्ता जनाएका छन् । 

उनले नयाँ वर्षले देशमा शान्ति र समृद्धि ल्याओस् भन्नेकामना गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रले पछिल्लो समय नेपाली राजनीतिले ल्याएको वितृष्णालाई आफ्नो सन्देशको खुराक बनाउँदै वक्तव्य जारी गर्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ