arrow

नयाँ वर्ष २०७४ सालको कसको शुभकामनामा के छ ?

logo
प्रकाशित २०७४ वैशाख १ शुक्रबार
hamrakura-logo.jpeg

काठमाडौं । राष्ट्रपतिद्वारा शुभकामना । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँवर्ष २०७४ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेकी छिन् । 

राष्ट्रपति भण्डारीले आज शुभकामना सन्देश जारी गरी नयाँ वर्षको अवसरमा जारी गरेको शुभकामना सन्देशमा “राजनीतिक परिवर्तनमार्फत प्राप्त ऐतिहासिक उपलब्धिसँगै देशमा आर्थिक–सामाजिक समृद्धितर्फको यात्रा अगाडि बढाउने र राष्ट्रलार्ई आत्मनिर्भर बनाउने हामी सबैको साझा जिम्मेवारी रहेको हुँदा हाम्रो देशमा भएको प्रचुर प्राकृतिक सम्पदालाई समुचित प्रयोग गर्दै आफ्नै पौरखले मुलुकलाई समृद्ध एवम् सम्मुनत वनाउने दायित्व हाम्रो काँधमा आएको छ”– सन्देशमा उल्लेख छ । 

राष्ट्रपति भण्डारीले नयाँ वर्षको आगमनसँगै मुलुक नयाँ सोच, शैली र गन्तव्यसहित अगाडि बढ्नुपर्ने बेला भएकाले सबैका लागि यो वर्ष सुखद् र उपलब्धिमूलक बन्न सकोस् भन्ने कामना गरेकी छिन् ।  

सन्देशमा भनिएको छ,–“लोकतन्त्रको संस्थागत सुदृढीकरण गर्नु अहिले हाम्रो प्रमुख कार्यभार भएकाले यसको सुदृढीकरणमा सम्पूर्ण नेपालीले आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउने अपेक्षा गर्दछु ।” राष्ट्रपति भण्डारीले नयाँ जोश, उमङ्ग र उत्साहसहित मुलुक र मुलुकवासीमा नयाँ वर्ष २०७४ ले खुसीको सञ्चारसहित सुदृढ राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्दै शुभकामना प्रकट गरेकी छिन् ।  

उपराष्ट्रपतिद्वारा शुभकामना 

उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ वर्ष २०७४ अवसरमा शुभकामना सन्देश दिँदै २०७४ सालमा संविधान कार्यान्वयन र आर्थिक, सामाजिक रूपान्तरणसहितको समुन्नत र सम्बृद्ध राष्ट्र निर्माणजस्तो मुलुकको साझा एजेन्डामा सबैको ध्यान जाओस् भनी कामना गरेका छन् ।  

उपराष्ट्रपति पुनले शुभकामना सन्देशमार्फत ‘आफ्नो भाग्यको फैसला आफैँ गर्ने’ स्थानीय तहको निर्वाचनमा सहभागी भएर लामो सङ्घर्षपछि प्राप्त अधिकारको प्रयोग गर्न कोही पनि वञ्चित हुनु हुन्न भनेका छन् ।  

सन्देशमा उनले राष्ट्रको समुन्नति, समृद्धिका साथै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइमा नयाँ सुःख, शान्ति, सु–स्थास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । 

प्रधानमन्त्रीद्वारा शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्ष २०७४ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।  

प्रधानमन्त्री ‘प्रचण्ड’ ले आज शुभकामना सन्देश जारी गरी “नयाँ वर्षले हामी सबैमा नयाँ सोच, नयाँ समाधान, र थप जोश, जाँगर सिर्जना गरी मुलुकलाई शान्ति र समृद्धिको दिशामा अग्रसर गराओस् भन्ने कामना गरेका हुन् ।  

प्रधानमन्त्रीले २०७३ साल केही उपलब्व्धिका दृष्टिले अविस्मरणीय हुनुका साथै एकात्मक र केन्द्रीकृतरुपमा लामो समयदेखि प्रयोग हुँदै आएका राज्यशक्तिको अधिकार र स्रोतसाधनलाई जनताको घरदैलोमा पु¥याउने दिशामा स्थानीय तहको पुनःसंरचना गर्न सफल रहेको सन्देशमा उल्लेख गरेका छन् । 
 
विसं २०७३ मा विकराल रुप लिँदै गइरहेको ऊर्जा समस्यालाई समाधान गरी केही सहरहरूमा विद्युत्भार कटौतीको अन्त्य गरी इच्छाशक्ति र निष्ठा भए छोटो समयमा पनि जनतालाई प्रत्यक्ष छुने गरी केही गर्न सकिन्छ भन्ने प्रमाणित भएको प्रधानमन्त्रीको भनाइ छ । 

सन्देशमा भनिएको छ,–“वैदेशिक रोजगारमा रहेका लाखौँ नेपाली दाजुभाइ दिदीबहिनीको सुरक्षाका लागि म्यादी जीवन बिमा सुरुवात गरी महत्वपूर्ण नीतिगत सुरुवात गर्यौं ।” 

“चौविस वर्षयताकै उच्च आर्थिक वृद्धि हासिल गर्न सफल हुनु पनि २०७३ को एउटा महत्वपूर्ण उपलब्धि नै हो, यी उपलब्धि हासिल गर्न सहयोग गर्नु हुने सम्पूर्णमा हार्दिक धन्यवाद दिन चाहन्छु”–प्रधानमन्त्रीले सन्देशमा उल्लेख गरेका छन् ।  

नयाँ वर्षले नेपाली जनताले हालसम्म गरेका सङ्घर्षको परिणामस्वरुप प्राप्त संविधानको सफल कार्यान्वयन गर्ने दिशामा महत्वपूर्ण कोसेढुङ्गा सावित गर्ने जिम्मेवारी हामी सबैलाई दिएको प्रधानमन्त्रीको भनाइ छ । 

२० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनलाई स्वच्छ र निष्पक्षरुपमा सम्पन्न गर्न सम्बद्ध सबैमा प्रधानमन्त्रीले विशेष आह्वान गरेका छन् ।  

निर्वाचनमा सक्रिय रुपमा भाग लिएर ऐतिहासिक अवसरको उपयोग गर्न सम्पूर्ण मतदातामा आह्वान गर्नुका साथै प्रधानमन्त्रीले संविधानले तोकेको समयसीमाभित्र सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक दायित्व पूरा गर्न सरकार लागिरहेको सन्देशमार्फत जानकारी दिए । 

सरकारले २०७४ मा सङ्घीयता कार्यान्वयनका आवश्यक नीति, ऐन, कानुन तर्जुमा र संस्थागत पूर्वाधारको सिर्जना र अनुकूल राजनीतिक वातावरण सिर्जना गर्ने कामलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता गरे । 

प्रधामन्त्रीले नव वर्षले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसला प्रदान गर्नुका साथै सबै समुदायका नेपालीबीच एक आपसमा भाइचारा र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । 

काँग्रेस सभापति शेरबहादुर देउवाद्धारा शुभकामना 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ वर्ष २०७४ सालको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । 

सभापति देउवाले आज दिएको शुभकामना सन्देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई कार्यान्वयन र संस्थागत गर्दै मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर बनाउन स्थानीय तहको निर्वाचनको अत्यन्त ठूलो महत्व रहेको बताएका छन् । 

उनले सन्देशमा आफ्नो मतबाट बन्ने स्थानीय सरकार गाउँ÷नगरको विकासका लागि सबैभन्दा महत्वपूर्ण र भरपर्दो संस्था हुने उल्लेख गरेका छन् ।  

“मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन नयाँ वर्ष २०७४ ले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ” सभापति देउवाद्वारा जारी सन्देशमा भनिएको छ । 


एमाले अध्यक्ष केपी शर्मा ओलीद्धारा शुभकामना
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि नयाँ वर्ष २०७४ सालको शुभकामना सन्देश दिँदै स्थानीय तहको निर्वाचनमा उत्साहका साथ सहभागी हुन आग्रह गरेका छन् । 

निर्वाचनबाट आफूले चुनेका प्रतिनिधिका माध्यमबाट विकास निर्माण र समृद्धि प्राप्तिको महाअभियानलाई तीव्रता दिन समेत उनले आग्रह गरेका छन् ।  

‘‘नयाँ वर्ष २०७४ नेपालको राजनीतिक स्थायित्व र लोकतन्त्र सुदृढीकरणको स्मरणीय वर्षका रूपमा अङ्कित हुने विश्वास मैले लिएको छु’’ अध्यक्ष ओलीले सन्देशमा भनेका छन् –‘‘संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलो र लोकतन्त्रलाई जनताको घर–आँगनमा पु¥याउने प्रभावशाली प्रक्रियाको रूपमा रहेको स्थानीय तह निर्वाचनले नेपाली जनतालाई स्वशासनको अनुभूति दिलाउने छ ।’’ 

उनले राजनीतिक दल, सङ्घसंस्था एवम् आम जनसमुदायमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिको बाटोमा एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरेका छन् । संवैधानिक प्रक्रियाप्रति केही गुनासाहरू अभिव्यक्त गरिरहेको मधेसी मोर्चालाई लोकतान्त्रिक विधि र निर्वाचनकै माध्यमबाट समाधान खोज्न पनि उनले आग्रह गरेका छन् ।  

मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीद्धारा शुभकामना
मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेगमीले नव वर्ष २०७४ को अवसरमा दिएको शुभकामना सन्देशमा संविधानको कार्यान्वयनको शुभ सङ्केतस्वरुप स्थानीय तहको निर्वाचन तोकिएको बताउँदै २०७४ माघ ७ गतेभित्रै तीनै तहको निर्वाचन गर्नु संवैधानिक अनिवार्यता भएको उल्लेख गरेका छन् ।  

सन्देशमा संविधान जारी गर्न एकजुट भएका दलहरू संविधान कार्यान्वयनको लागि पनि एकजुट हुँदै र विमतिका बुँदाहरू साँघुरो बनाउँदै असन्तुष्ट पक्षहरूलाई समेट्न गम्भीररुपले लाग्नु जरुरी रहेको उल्लेख गरेका छन् ।   

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ