arrow

युवा संघका सचिव नयाँ वर्षकै दिन काँग्रेसमा, एमालेलाई छट्पटी 

logo
प्रकाशित २०७४ वैशाख १ शुक्रबार
congress-entry-bomb.jpg

रास्कोट । नयाँ वर्षकै दिन कालिकोटको रास्कोट नगरपालिकाका एमालेका जल्दाबल्दा युवा नेता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

नयाँ वर्षको शुभकामनासहित युवा संघको सचिव तथा एमाले पार्टी परित्याग गरी अनिपाल बम नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले बमलाई पार्टी प्रवेश गराएका हुन् । 

योसंगै रास्कोटमा एमालेको पकडमात्र कमजोर भएको छैन अन्य युवाहरुलाई समेत छट्पटी भएको छ ।

नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सहसचिव दमन शाहीले बमलाई पार्टीमा स्वागत गर्दै नववर्षको शुभकामनासमेत व्यक्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ