arrow

पहिरो खसेपछि नारायणगढ मुग्लिन सडक अवरुद्ध

logo
प्रकाशित २०७४ वैशाख १ शुक्रबार
mulling.jpg.jpeg

चितवन। नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा आज बिहानदेखि सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ। नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पहिरो पन्छाउने काम थालिएको छ । थप पहिरो नखसेमा एक घन्टाभित्रमा सडक सञ्चालनमा आउने उनले बताए।


यद्यपि तीन दिनयता सो ठाउँमा पहिरो खसिरहेकाले यकिन भन्न नसकिएको उनले बताए। तीन दिनअघि सोही ठाउँमा खसेको पहिरोले बोलेरो जिप पुरिएको भए पनि मानवीय क्षति हुनबाट जोगिएको थियो।


पहिरो बढी खसेपछि बिहान ९:१५ बजेबाट सडक अवरुद्ध भएको हो । सडक स्तरोन्नतिका क्रममा भित्तो काटिएको ठाउँमा पहिरो खसेको हो।


करिब ३५ मिटर माथिबाट पहिरो खसेको हो। पहिरो खसेको ठाउँ मुग्लिनबाट चार किलोमिटर नारायणगढतर्फ कालीखोला र पाँचकिलोको बीचमा पर्दछ। दैनिक बिहान १० बजेबाट ४ बजेसम्म सडक रोकेर काम हुँदै आएको छ। सडक रोक्नु अघि बाटो कट्न छिरेका ठूलो सङ्ख्यामा सवारीसाधन सडक अवरुद्ध भएपछि जाममा परेको प्रहरीले जनाएको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ