arrow

पशुपति शमशेरको मधेस चिन्ता : मधेसलाई समेट्न सरकार असफल भो

logo
प्रकाशित २०७४ वैशाख १ शुक्रबार
pashupati-rana-new-aa.jpeg

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शम्शेर राणाले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्नुपर्ने आवश्यकतामाथि जोड दिएका छ्न् ।

नयाँ वर्ष २०७४ को अवसरमा शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा राणाले भने, ‘वर्तमान अवस्थामा स्थानीय तहको निर्वाचन अति आवश्यक भएकाले सकेसम्म मधेसी मोर्चालाई पनि मिलाएर तोकिएकै समयमा निर्वाचन गर्नु उपयुक्त हुन्छ ।’

वरिष्ठ नेता राणाले “स्थानीय तह (गाउँपालिका र नगरपालिका) अत्यन्तै शक्तिशाली भएको छ, तर दुर्भाग्य यो निर्वाचनमा धेरै ठूलो प्रयत्न गर्दा पनि मधेसलाई समेटन सरकार असफल भयो,” भन्दै मधेसी मोर्चालाई सहमति गरेर ल्याउन सकेको भए अत्यन्तै राम्रो हुने बताए ।

सरकारको निर्वाचनप्रक्रिया नै कमजोर भएको उनको भनाई छ ।  वरिष्ठ नेता जबराले भूकम्प गएको लामो समय बितिसक्दा पनि पुनःनिर्माण कार्य ठोस रुपमा अघि बढन नसकेको आरोप लगाउँदै भूकम्पपीडितले अझै टहरामा नै बस्नुपर्ने बाध्यता भएको धारणा राखे ।

२०७२ सालको भूकम्पपछि पुनःनिर्माणको काम अत्यन्तै ढिला भएर प्रभावित क्षेत्रका जनताले दुःख पाएको उल्लेख गर्दै नेता राणाले भने, ‘विसं १९९० सालको भूकम्पपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले तीव्र रुपमा पुनःनिर्माण काम गर्नुभएको थियो, तर ०७२ सालको भूकम्पछिको पुनःनिर्माण गर्न अहिलेसम्मका सबै सरकार असफल भएको देखिएको छ ।”

वरिष्ठ नेता जबराले निर्वाचन आयोगले आफ्नो पार्टीको विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था हटाउने गरेको निर्णय नसच्चयाए सरकारमा बस्ने नबस्ने विषयमा पार्टीले सोच्ने धारणा राखे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ