arrow

‘डलरवाला’ पाइलट धरौटीमा छुटे

logo
प्रकाशित २०७४ वैशाख ३ आइतबार
nepal_airlines_captain1.png

काठमाडौं । अवैध अमेरिकी डलरसहित पक्राउ परेका वरिष्ठ पाइलट सुवर्ण अवाले धरौटीमा छुटेका छन् । प्रहरी हिरासतमा रहेका पाइटल अवाले ९६ लाख ९० हजार ४ सय ८ रुपैयाँ धरौटी तिरेर छुटेका राजश्व अनुसन्धान विभागका सूचना अधिकारी देवीप्रसाद थपलियाले जानकारी दिए । राजश्व अनुसन्धान विभागले जिल्ला अदालत काठाडमौंबाट म्याद थपेर अवालेमाथि अनुसन्धान थालेका थियो ।  

काठमाडौं–दुबई उडानका लागि रातको बिचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका वरिष्ठ पाइलट अवाले ९३ हजार ६०० अमेरिकी डलरसहित पक्राउ परेका थिए । नेपाल एयरलाइन्सक वरिष्ठ पाइलट अवालेलाई एयरपोर्ट प्रहरीले राजश्व अनुसन्धान विभागमा बुझाएको थियो ।

राजश्व अनुसन्धान विभागले अवालेविरुद्ध मुद्दा दर्ता गर्न सरकारी वकिल कार्यालयसँग परामर्श लिइरहेको बताइएको छ । उनीविरुद्ध थप अनुसन्धान भइरहेको र मुद्दा दर्ताको तयारी भइरहेको विभागले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ