arrow

नेपालको कुटनीतिक मर्यादामाथि प्रश्न, भारतमा राष्ट्रपतिलाई राज्यमन्त्रीले गरिन् स्वागत

logo
प्रकाशित २०७४ वैशाख ४ सोमबार
rastrapati_bhandari.png

काठमाडौं । भारतको पाँच दिने राजकीय भ्रमणमा गएकी राष्ट्रपति विद्यादेवी भण्डारी विमानस्थलमा भारतीय राज्यमन्त्रीले स्वागत गरेकी छन् । नयाँदिल्लीको ईन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भण्डारीलाई महिला तथा बालविकास राज्यमन्त्री कृष्णा राजले स्वागत गरेकी हुन् ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा राष्ट्रपति भण्डारी आफै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वागत गरेकी थिइन् । यद्यपि, नेपालको राष्ट्र प्रमुखलाई राज्यमन्त्रीले स्वागत गरिन् । त्यसअघि विमानस्थलमा ओर्लिएलगत्तै भण्डारीलाई भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले स्वागत गरेका थिए । इन्दिरागान्धी विमानस्थलबाट राष्ट्रपति भण्डारी भारतीय राष्ट्रपति भवनतर्फ प्रस्थान गरिन् । राष्ट्रपति मुखर्जीको निमन्त्रणामा भण्डारी भारत भ्रमणमा गएकी हुन् ।

नेपालका कार्यकारी र राष्ट्रप्रमुखको भ्रमणको हकमा भारतले कुटनीतिक मर्यादाको विषयलाई नजरअन्दाज गर्ने गरेको भन्दै चर्को आलोचना भएको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको राजकीय भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई विदेशमन्त्री सुषमा स्वराजले स्वागत गरेकी थिइन् ।

त्यसपछि भारत भ्रमणमा गएको प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत भारतीय विदेश मन्त्रीले स्वागत गरेकी थिइन् । यस्तै, माधव नेपाल र बाबुराम भट्टराई प्रधानमन्त्रीका हैसियतले भारत भ्रमणमा जाँदा राज्यमन्त्री र परराष्ट्रका कर्मचारीले स्वागत गरेका थिए । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा भारतीय तत्काली प्रधानमन्त्री मनमोहन सिंहले स्वागत गरेका थिए ।  

तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा आउँदा प्रधानमन्त्री नरेन्द्र मोदी आफै विमानस्थल पुगेर स्वागत गरेका थिए । भारतले नेपालका लागि प्रोटोकल फेरेको देख्दा विचित्र लाग्ने गरेको अन्तर्राष्ट्रिय मामिलाका जानकारहरु बताउँछन् । नेपालको कुटनीतिक मर्यादा कजोर भएको प्रश्न उठेपनि कसैले वास्ता गरेका छैनन् ।  
राष्ट्रपति भण्डारीलाई राष्ट्रपति भवनमा गार्डअफ अनर दिइने बताइएको छ । भारत बसाइका क्रममा उनले समकक्षी मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारी आउँदो शुक्रबार स्वदेश फर्किनेछिन् ।
आउने दिनको विदा फिर्ता
राष्ट्रपति भारत जाने दिन सार्वजनिक विदा दिएको सरकारले फर्किने दिन शुक्रबारको विदा भने फिर्ता लिएको छ । आइतबार बसेको मन्त्री परिषद् बैठकले राष्ट्रपतिको भारत भ्रमण स्वीकृत गर्दै जाने र आउने दुवै दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ