arrow

मोदीले के भने राष्ट्रपति भण्डारीलाई ?

logo
प्रकाशित २०७४ वैशाख ५ मंगलबार
bhandari_pic_final.jpg

नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट गरेका छन् । मंगलबार साँझ भेट गरी मोदीले नेपालको विकास र समृद्धिका लागि आफ्नो सदैव सहयोग रहने प्रतिवद्धता जनाएका छन् ।

भारतीय राष्ट्रपति भवनमा भएको भेटमा प्रधानमन्त्री मोदीले नेपाल र नेपालीका विकासका क्षेत्रमा कसरी सहयोग गर्न सकिन्छ भन्नेमा आफूहरु उत्सुक रहेको उल्लेख गर्दै नेपालमा दुई देशबीचका विकास परियोजना, भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी सहयोग र अन्य परियोजना अघि बढून् भन्ने समेत चाहना राख्नुभएको भेटमा सहभागी परराष्ट्रमन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले भारतको विकासको गतिबाट सिक्न आवश्यक रहेको जनाउँदै नेपालको लोकतान्त्रिक परिवर्तनलाई संस्थागत गर्ने जनताको चाहनालाई सम्बोधन गर्न नेपाल सरकारले संविधान कार्यान्वयन र स्थानीय निर्वाचनको तयारीका कामलाई अघि बढाएको स्मरण गराएका थिए ।

मुद्रा सटहीमा सहजीकरण गर्न तयार
राष्ट्रपति भण्डारीसँग भेट गरेका भारतीय अर्थमन्त्री अरुण जेट्लीले प्रतिबन्धित पाँच सयको भारतीय मुद्रा सटहीका सम्बन्धमा नेपालभित्र देखिएका समस्यालाई सरलीकृत गर्न आफू सकारात्मक रहेको बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ