arrow

संयज दत्तको 'आमा' बन्दै मनिषा कोइराला

logo
प्रकाशित २०७४ वैशाख ७ बिहिबार
manisha-koirala-sanjay-biopic.jpg

एजेन्सी । बलिउड अभिनेत्री मनिषा कोइरालाले संजय दत्तको जिवनीमा आधरित चलचित्रमा दत्तको आमा बन्न पाउदा खुशी लागेको बताएकी छन् ।  अभिनेत्रीले सो कुरा  समाजिक अभियान ‘माय हेयर फर क्यान्सर ’ को सार्वजनीक अवसरमा बोलेकी हुन् ।  साथै क्यान्सरबाट छुटकारा पाएकी अभिनेत्री कोइरालाले आगामि बायोपिकमा संजय दत्तको आमाको भुमिकामा अभिनय गर्दा आफ्नो जिवनको केहि संघर्ष पुर्ण समयलाई समझ्नु पर्ने बताएकी छन् । 

संजय दत्तको आमा अभिनेत्री नरगिस पाचन ग्रंथी (पेनक्रियाज) क्यान्सरबाट पिडित थिइन् । उनको सन् १९८१ मा सोहि रोगका कारण मृत्यु भएको थियो ।  मनीषाले एक कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै भनिन् , ”जब म कुनै क्यान्सरको बिरामिलाई देख्छु , त्यो क्षण म त्यही रोकिन्छु । म जब नरगिस जीको भुमिका निर्वाह गर्दै गर्दा म आफ्नो जिवनलाई सम्झनेछु ।”  

बुधबार सम्पन्न नरगिस फाउण्डेशन र हेयर केयर ब्राइड रिचफीलको कार्यक्रममा  संजय दत्तको बहिनि पूर्व सांसद प्रिया दत्त पनि सहभागि थिइन् । उनको अगाडि नै मनीषाले भनिन् , ”पर्दामा नरगिस जीको भुमिकामा अभिनय गर्नु अवसर र सम्मान हो । वहाँ  एक दिग्गज अभिनेत्री हुनु हुन्थियो । म आशा गर्छु कि मलाई अभिनय गर्न दिएको वहाँको भुमिकालाई म राम्रोसँग निर्वाह गर्न सक्नेछु । ” 

राजकुमार हिरानीको निर्देशनमा बनिरहेको चलचित्रमा रणबीर कपूर मुख्य भूमिमा रहेका छन् ।   मनीषालाई सन् २०१२ स्तनको  क्यान्सर भएको थियो । सो रोगबाट मुक्त पाएसँगै उनि क्यान्सरको बिषयमा प्रचार प्रसार गर्न सक्रिय भुमिकामा रहेकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ