- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दैलेख । जिल्ला कारागार दैलेखमा शनिबार विहान १० वजे कैदिहरुबीच झडप हुदाँ सात जना घाईते भएका छन । झडपमा गम्भिर घाईते भएका नारायण शाही र उपेन्द्र पुन लाई जिल्ला अस्पताल दैलेखमा उपचारको लागि लगिएको छ ।
अन्य ५ जना सामन्य घाईते रहेका छन । घाईते नारायण शाहीको टाउकोमा चोट लागेकोले अवस्था चिन्ताजनक रहेको छ । विहान खानेपानीको विषयलाई लगेर नारायण शाही र उपेन्द्र पुनबीच झगडा भएको र पछि उनीहरुको समुहबीच कारागार भित्र सामुहिक झगडा हुदाँ धेरै जना घाईते भएको प्रहरी निरिक्षक योगेन्द्र खड्काले जानकारी गराए ।
८० जना पुरुष र २० जना महिला समित एक सय जनाको क्षमता रहेको कारागार दैलेखमा विभिन्न जिल्लाका कैदिहरु रहेका छन । हाल १५३ जना कैदिहरु रहेको जिल्ला कारागार दैलेखमा ९ जना महिला कैदि र २ जना वच्चा रहेका छन । कारागारमा कैदिहरुको क्षमता भन्दा वढि कैदि रहेकोले पटक पटक यस्ता झगडाहरु हुने गरेको छ । केहि महिना अगाडि पनी महिला कैदिहरु विच झगडा भएको थियो ।