- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
लहान। नेपाल विद्यार्थी संघ र प्रेस युनियन सिरहाले आइतबार एक विज्ञप्ती जारी गरी सिरहा र लहानको सरकारी कार्यालयहरुमा भइरहेको भ्रष्टाचार नरोकिए सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् । यातायात कार्यालय लगायत लहानको विभिन्न कार्यालयमा व्यापक घुसखोरी हुने गरेको उल्लेख गर्दै यस्ता क्रियाकलाप नरोकिए त्यस्ता कर्मचारीहरु विरोध आन्दोलन गर्ने नेवि संघका सहमहामन्त्री तथा प्रेस युनियन सिरहाका कार्यवाहक अध्यक्ष प्रमेश्वर साह र नेवि संघ सिरहाका जिल्ला अध्यक्ष मोहमन्द मुस्ताकद्धारा हस्तारित विज्ञप्तीमा उल्लेख छ ।
प्रमेश्वर साह र संजिव ठाकुरलगायतका युवा नेताहरुले यातायात कार्यालयमा कुनै किसिमको तोडफोड नगरेको पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । ईलाका प्रहरी कार्यालय लहानका डिएसपी हिराबहादुर पाण्डेले भने त्यस्तो कुनै किसिमको पक्राउ नगरिएको समान्य छलफल मात्रै भएको दावी गरिएको छ ।