काठमाडौं। ने. वि. संघ प्युठान काठमाडौं सम्पर्क समितिले नव वर्षको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन गरेको छ ।
कार्यक्रममा राष्ट्रिय पुनः निर्माण प्राधिकरणका सि. ई. ओ. डा. गोविन्दराज पोख्रेलले सम्पुर्ण सम्पर्क समितीहरुलाइ एकताबद्ध हुन पहल गर्नुपर्नेमा जोड दिए ।
डा. नवराज शर्माले प्युठान जिल्लामा ने. वि. संघ को ईतिहास केलाउदै संघलाई बलियो बनाउन सबैलाई आ आफ्नो तर्फबाट भुमिका निर्वाह गर्न आग्रह गरे। पाटन संयुक्त क्याम्पसको प्रङगणमा भएको उक्त कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो ।
प्रबिण ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा नेविसंघ अध्यक्ष नैनसिंह महरले सम्पर्क समितिलाई बैधानिकता दिने प्रतिबद्धता जनाए।