arrow

भारतीय पूर्वराजदूत श्याम शरण काठमाडौंमा, ‘उनले जुन चाल पनि चाल्न सक्छन्’(विज्ञप्तिसहित)

logo
प्रकाशित २०७४ वैशाख १३ बुधबार
shyam-saran.jpg

काठमाडौं । नागरिक समाजका अगुवा एवं विज्ञहरुले भारतीय चलखेलबारे सचेत हुन भन्दै एक वक्तव्य जारी गरेका छन् ।

विज्ञहरुले नेपालमा स्थानीय तहको निर्वाचनको तयारी भइरहेका बेला नेपालका लागि पूर्व भारतीय राजदूत श्याम शरण काठमाडौंमा बसेर नेपालको अखण्डता, स्वतन्त्रता र सार्वभौमसत्ता एवं समाजमा रहेको सदभाव भडकाउने खालको खेल खेल्न लागिरहेको भन्दै चिन्ता गरेका हुन् ।

नौ जना प्रवुद्ध व्यक्तिले वुधबार संयुक्त विज्ञप्ति जारी गरी पूर्वराजदूत शरणले काठमाडौंका द्वारिका होटेलमा बसिरहेको र नेपाली राजनीतिमा पत्यक्ष असरपार्ने खालका काम गरिरहेको संकेत गरेका छन् ।

पूर्वमहान्यायाधीवक्ता वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौला, राजनीतिक विश्लेषक अरविन्दनाथ रिमाल, पत्रकार आदित्यमान श्रेष्ठ, विश्लेषक आनन्दप्रसाद पौडेल, पत्रकार गोविन्द दुलाल, राजनीतिक विश्लेषक द्वारिकानाथ ढुंगेल, विश्लेषक प्रेम कैदी, पुण्य गौतम विश्वास, उद्यमी विजयमान शेचरन र विश्लेषक रामजीप्रसाद उपाध्यायले ‘खवरदारी र होसियारी’ वक्तव्य जारी गरेका हुन् ।

वक्तव्यजारी गरेपछि हाम्राकुरासँग कुरा गर्दै पूर्वमहान्यायाधिवक्ता संग्रौलाले भने, ‘एक साता देखि पूर्वराजदूत श्याम शरण द्वारिका होटलमा बसेर विभिन्न छलफल गरिरहेको जानकारी पाएपछि हामीले वक्तव्य निकालेका हौँ । जसमा मेरो पनि हस्ताक्षर छ ।’ श्याम शरणले के गरिरहेका छन् भन्ने विषयमा भने संग्रौलाले केही भनेनन् ।

‘१२ बुँदे नयाँ दिल्ली २ संझौताका निमार्ता तथा लिपिकारका रुपमा चिनिएका र २०६२–०६३ आन्दोलनको समयमा भारतीय सरकारका दूत बनेर आएका कर्ण सिंहका साथ काठमाडौं आई एक प्रकारको धारणा व्यक्त गर्ने अनि नयाँ दिल्ली पुगि नेपाललाई कमजोर बनाउने तथा नेपाली जनतालाई भड्काउने काम गरी हाम्रो मुलुकलाई लामो समयसम्म तरल राजनीतिक स्थितिमा फसाउने श्याम शरण केही दिन देखि द्वारिका होटेलमा बसी फेरी नेपाली राजनीतिमा पत्यक्ष असर पार्ने गरी खेलखेलि रहेका छन् भन्ने कुरा सुनिएको छ, बुझिएको छ । उनी नेपाल आउन सक्दछन् । जहाँ पनि जानसक्दछन्, यसमा आपत्ति भएन । तर विगत माझै उनले नेपाललाई झन कमजोर बनाउने कामगर्न सक्ने, नेपालको अखण्डता, स्वतन्त्रता, सार्भभौमसत्ता तथा समाजमा रहेको सदभाव भडकाउने खालको खेल खेल्ने सक्ने तर्फ हामी सवैसर्तक हुनु परेको छ’–विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति

 

खवरदारी र होसियारी

हम्रो मुलुक राजनीतिक रुपमा अत्यन्त तरल र अपठयारो मोडमा उभिएको छ । राज्य सञ्चालनमा प्रत्यक्ष वा परोक्ष रुपमा संलग्न अधिकासं राजनीतिक नेतृत्ववर्ग देशको हितभन्दा क्षणिक स्वार्थ, बिशेषत् सत्ताप्राप्ती तर्फ उन्मुखहुँदै मुलुकलाई दुरगामी असरपर्ने विषयहरु वा कुराहरु सोच बिचार नगरी धमाधम निर्णयगर्न थालेको छ । उरन्ठ्याउला केटाहरुले घर बनाउन कति गाह«ो छ भन्ने कुरा बिचारनै नगरी विगार्न र भक्ताउने काम जसरी उद्यत रहन्छन्, त्यसैगरी बर्तमान सत्ता सञ्चालकहरु संविधान माथी गरिरहेको खेलबाड गरिहेका छन् । जथाभावी राजनीतिक खेल खेल्न थालेका छन् । सिंहदरवारको हातामा कार्यक्रम गरेर सिंहदरवारको अधिकार गाउँमा पुर्‍याउदै छौँ भन्ने धककु लगाउने स्थानीय निर्वाचन सम्वन्धमा प्रभुको शरणमा लम्पसार परेको खवर प्रकाशमा आएकोछ । एकातिर आन्तरिक राजीनीत उरन्ठ्याउलाले खेलेको खेलमा फसेकाछ भने अर्कोतर्फ बाह्यशक्तिहरु नेपाल तरल र अपठयारोमा परेको अवसर छोपी गलत निर्णय गराउन सक्रिय भुमिका खेल्न थालेकाछन् । यसको सवभन्दा नविनतम उदाहरण, हाम्रो मुलुकलाई भडखालौमा पुर्‍याउने तथा बर्तमान सवै समस्याको एक प्रमुख जडको रुपमा रहेको १२ बुँदे नया दिल्ली २ संझौताका निमार्ता तथा लिपिकारका रुपमा चिनिएका र २०६२–०६३ आन्दोलनको समयमा भारतीय सरकारकादूत बनेर आएका कर्ण सिंहका साथ काठमाण्डौ आई एक प्रकारको धारण ब्यक्तगर्ने अनि नया दिल्ली पुगि नेपाललाई कमजोर बनाउने तथा नेपाली जनतालाई भडकाउने कामगरी हाम्रो मुलुकलाई लामो समय सम्म तरल राजनीतिक स्थितिमा फसाउने श्याम शरण केहि दिन देखी द्वारिका होटेलमा बसी फेरी नेपाली राजनीतिमा पत्यक्ष असरपार्ने गरी खेल खेलि रहेका छन् भन्ने कुरा सुनिएको छ, बुझिएको छ । उनी नेपाल आउन सक्दछन् । जहाँ पनि जानसक्दछन्, यसमा आपती भएन । त्तर विगतमाझै उनले नेपाललाई झन कमजोर बनाउने कामगर्न सक्ने, नेपालको अखण्डता, स्वतन्त्रता, सार्भभौमसत्ता तथा समाजमा रहेको सदभाव भडकाउने खालको खेल खेल्ने सक्ने तर्फ हामी सवै सर्तक हुनु परेको छ । साथै यस्ता काम नगरुन भन्ने कुरा तर्फ पनि हामी सवै सर्तक हुन आबश्यक भएको छ । उनलाई हामी भन्न चाहन्छौँ फोहरी नखेल् । यस तर्फ सचेत गराउन चाहन्छौ । साथै हामी समस्त राष्ट्रप्रेमी नेपालीहरु भारतको अघोषित नाकाबन्दीबाट अनाहकमा नेपालले पाँच छ महिनादुखः खेपेको कुरा विर्सेको छैन भनेर श्याम शरणलाई स्पष्ट रुपमा भन्न् चाहन्छौ ।

खवरदारी र होसियारी गराउनेहरु

१. श्री अरविन्दनाथ रिमाल, वरिष्ट राजनीतिज्ञ तथा विश्लेषक
२. श्री. आदित्यमान श्रेष्ट, वरिष्ट पत्रकार
३. श्री. आनन्दप्रसाद पौडेल, राजनीतिक विश्लेषक
३. श्री. गोविन्द दुलाल, पत्रकार
४. श्री. द्वारिकानाथ ढुंगेल, राजनीतिक विश्लेषक
५. श्री. प्रेम कैदी, बरिष्ठ राजनीतिक विश्लेषक
६. श्री. पुण्यगौत्तम विश्वास, राजनीतिक विश्लेषक
७  श्री. विजयमान शेचरन, समाजसेवी तथा उद्यमी
८. डा.श्री युवराज संग्रौला, वरिष्ठ अधिवक्ता, काठमाण्डौ स्कूल अफ 'ल'का निर्देशक तथा पूर्वमहान्यायधिवक्ता
९. श्री रामजीप्रसाद उपाध्याय, राजनीतिक विश्लेषक



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ