arrow

बानेश्वरमा बैठकका बैठक, एमालेलाई मनाउनै महाभारत

सहमति भाँडिने संकेत

logo
प्रकाशित २०७४ वैशाख १३ बुधबार
sansad-nirwachan.jpg.jpeg

काठमाडौं । संविधान संशोधन प्रस्ताव र सरकारले स्थानीय तहको संख्या बढाउन पत्राचार गरेको विषयलाई लिएर भड्किएको एमालेलाई मनाउन सत्ताधारीहरुको प्रयास उपलब्धिहिन भएको छ ।

वुधबार तीन पटक बैठक बसेपनि एमालेलाई मनाउने प्रयास सफल भएन । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सत्ताधारी तीन दल र प्रमुख विक्षी एमालेका शीर्ष नेता र प्रमुख सचेतकहरु तीन पटक आमुन्ने सामुन्ने भए । विहान् झण्डै २ घण्टा चलेको बैठकले केही सिप लागेन । चार दलको बैठकबाट निस्किएपछि एमालेले उल्टै संसद अवरुद्ध गरिदियो ।

दिउँसो फेरि डेढ घण्टा छलफल भयो तर निकास निस्केन, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘साँझ फेरि बैठक बसेको छ । साँझको बैठकमा पनि कुरा मिल्ने छाँट देखिएको छैन ।’ विहान् एक चरण छलफल सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषदको बैठकतिर हानिए । पछि दिउँसो पनि सहमति जुटेन, प्रेस सल्लाहकार आचार्यले भने ।

साँझको बैठकबीचबाट एमाले प्रमुख सचेतक भानुभक्त ढकालले छलफल भइरहेपनि कुरा मिल्ने कुनै संकेत आएको छैन, भने । नेताहरुको आ–आफ्नै हठले बन्न लागिको समझदारी भाँडिने देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ