arrow

क्रान्तिकारी पत्रकार संगठन मकवानपुरको अध्यक्षमा गुरुङ 

logo
प्रकाशित २०७४ वैशाख १४ बिहिबार
patrakar_makawanpur.jpg

हेटौंडा । क्रान्तिकारी पत्रकार संगठन मकवानपुरमा रुपा गुरुङको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती चयन भएको छ  । बिहीबार हेटौँडामा भएको सम्मेलनबाट संगठनका उपाध्यक्ष रहेकी गुरुङलाई अध्यक्षमा चयन गरिएको हो । 

 

संगठनको नवनिर्वाचित कार्यसमितीको उपाध्यक्षमा राजेश थापा, सचिवमा राज सापकोटा, कोषाध्यक्षमा प्रकाश सञ्जेल र सदस्यहरुमा चन्द्र खनाल, राजन केसी, प्रल्हाद गौतम रहेका छन । 

 

सम्मेलन संगठनका जिल्ला अध्यक्ष यादव चौलागाईको सभाध्यक्षतामा र क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय सचिवालय सदस्य भौतिक मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी, प्रेस युनियनका सुनिल शिवाकोटी मिडिया नेपाल मकवानपुरका अध्यक्ष जीवराज बख्रेल,  अशेष ढुङ्गाना नेकपा माओवादी जिल्ला इन्चार्ज ज्वाला, नेकपा माओवादी जिल्ला सेक्रेटरी वाटर लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ