arrow

एमालेको नयाँ बटमलाइन : चुनाव दुई चरणमा गर्नु परे मतगणना एकैपल्ट गर्नु पर्ने

माहोल आफ्नो पक्षमा पार्न तह-तहका नेता परिचालन

logo
प्रकाशित २०७४ वैशाख १४ बिहिबार
cpnuml-530x304.jpg.jpeg

काठमाडौं । प्रमुख विक्षी एमालेले नयाँ बटमलाइन ल्याएको छ । एमालेले स्थानीय तहको निर्वाचन केही गरी दुई चरणमा गर्नु परे पनि मतगणना एकैसाथ गर्नुपर्ने बटमलाइन ल्याएको हो ।
विहिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी समिति बैठकपछि समिति सदस्य एवं संसदीय दलको उपनेता सुवास नेम्बाङले हाम्राकुरासँग भने, ‘हामीले पहिले देखिनै एकै चरणमा चुनाव गर्न भनिरहेका छौँ । यदी दुई चरणमा गर्नु परे बजेट ल्याउनु अघि नै गर्नु पर्छ भनेका छौँ ।’ नेता नेम्बाङले एकै चरणमा चुनाव गर्नु मात्रै निष्पक्ष हुने जिकिर गरे । उनले थपे, ‘यदी केही गरी एकै चरणमा चुनाव गर्ने अवस्था आएन भने जेठ १५ अगावै गर्नु पर्छ र मत गणना एकैपल्ट गर्नु पर्छ ।’ नत्र हामीलाई मान्य हुँदैन ।

शुक्रबारपनि स्थायी कमिटी बैठकले निरन्तरता पाउने जानकारी दिँदै नेता नेम्बाङले विहिबार समसामयिक विषयमा छलफल भयो, भने । उनले थपे, ‘विहिबार सुरु मात्रै भा हो । घोषणापत्र सार्वजनिक गर्ने विषय, संविधान संशोधन र निर्वाचनको विषय प्रमुख हुन् ।’
 

माहोल आफ्नो पक्षमा पार्न तह-तहका नेता परिचालन
एमालेले आफ्नो पक्षमा माहोल बनाउन सरकारसँग असन्तुष्ट अन्य दलसँग छलफल गर्न विभिन्न तहका नेता परिचालन गरेको छ । एमालेले विहिबारमात्रै विपक्षी ९ दल, राप्रपाका अध्यक्ष एवं स्थानीय विकासमन्त्रीसँग छलफल गरेको छ ।

यस्तै, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्रं यादवसँग पनि एमाले नेताहरुले छलफल गरेका बताइएको छ । नेता नेम्बाङले छलफलबारे अनविज्ञता जनाउँदै ‘हाम्रा साथीहरुले विभिन्न दलहरुसँग छलफल गरिरहेका छन् । त्यही क्रममा भएको हुन सक्ला’, भने ।

उपेन्द्र यादवले आफु मिटिङमा व्यस्त रहेको भन्दै जानकारी दिएनन् । यादवका प्रेस सहयोगि महेश चौरसियाले एमालेसँग छलफल गर्ने कुरा चैँ सुनेको हुँ, त्यसबारेमा थप जानकारी छैन, भने । उपेन्द्र यादवले जेठ ३१ मा एकै चरणमा चुनाव गर्ने भए मञ्जुर हुने बताएको जानकारी आएको छ । यद्यपि, एमाले उपाध्यक्ष भीम रावलले एमालेले जेठ ३१ को प्रस्ताव नभएको बताए । उनले भने, ‘हामीले निर्धारित मितिमै एकै चरणमा चुनाव हुनुपर्छ भनेका छौँ । तपाईलाई उल्टो सूचना आएछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ