arrow

फिदिम दुई हप्तादेखि अन्धकारमा, आन्दोलनको चेतावनी

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ वैशाख १५ शुक्रबार
Panchthar_District.png

पाँचथर। फिदिम नगरपालिका वडा नम्बर १२ नाँगीनमा गत दुई हप्तादेखि बिजुली बत्ति अवरुद्द भएका कारण त्यहाँका बासिन्दाहरु अन्धकारमा बस्न बाध्य भएका छन् । नाँगिनमा रहेको बिजुलीको टान्र्समिटर जलेपछि वडा नम्बर १२ का करिब १ सय ५० भन्दा बढी घरका उपभोक्ताहरु अन्धकारमा बस्न बाध्य भएका हुन ।

 

सो क्षेत्रमा नेपाल बिद्दुत प्राधिकरणले हालसम्म पनि घरमा ईनर्जि मिटर नदिएका कारण एउटा ठुलो पावरको मिटर मार्फत धेरै घरमा बिजुली बाल्दा टान्समिटर नै जलेको हुन सक्ने उपभोक्ताको अनुमान छ ।

 

सो टान्र्समिटर बनाएर ल्याउन समय लाग्ने भएकाले अझै केही दिन कुर्नु पर्ने प्राधिकरणले जनाएको छ  । उपभोक्ताहरुले फिदिम बिधुत सहकारीको बेवास्ताका कारण अन्धकारमा बस्न बाध्य हुनुपरेको भन्दै आन्दोलनमा जाने चेतावनी दिन थालेका छन् ।

 

यता तीनदिनदेखि गएको बिजुली अहिलेसम्म पनि नआएका कारण फिदिम ७ र ८ रानिटारका १३ घरपरिवार अन्धकारमा रात बिताउनु परेको स्थानीय राम बास्कोटाले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ