arrow

समग्र मधेश एक हिन्दू प्रदेशको माग 

logo
प्रकाशित २०७४ वैशाख १६ शनिबार
hindu_state_requare.jpg

वीरगञ्ज । शिवसेना नेपालले नेपालको संविधान २०७२ लाई खारेज गरी नेपालको संविधान २०४७ लागू गर्न माग गरेको छ । शनिबार बीरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै क्रममा राष्ट्रिय शिवसेना पार्टीका अध्यक्ष एवं राष्ट्रिय एकता अभियानका अभियन्ता बिक्रम बहादुर बमले यस्तो माग गरेका हुन् । उनले जनभावना विपरीत जारी भएको संविधान २०७२ बमोजिम गरिएको स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने घोषणा पनि गरे । 

 

कार्यक्रममा बलले २०७२ को संविधानले घोषणा गरेको स्थानीय निर्वाचनलाई बहिष्कार गर्नुको साथै हिन्दू अधिराज्य पुर्नस्थापना भएन भने समग्र मधेश एक हिन्दु प्रदेश बनाउनुपर्ने धारणा व्यक्त गरे । उनले यसको लागि शिवसेनाले आन्दोलन गर्ने चेतावनी पनि दिए ।  

 

त्यसैगरी अभियानकी अभियन्ता एवं पुरानो शक्ति अभियानकी राष्ट्यि सहसंयोजक आरजु थापा श्रेष्ठले राष्ट्यि एकता अभियानको अवधारणा, अभियानको मुल लक्ष्य र उधेश्य बारे प्रकाश पार्नुको साथै अभियानको २३ बुँदे माग पुरा गराउन आन्दोलन बाहेक अर्को बिकल्प नभएको बताइन् । उनले शान्तिपुर्ण आन्दोलनका लागि तयार रहन सम्पुर्ण राष्ट्रवादी न्यायप्रेमी देशभक्त नागरिकहरुलाई आग्रह पनि गरिन् ।

 

सो अभियनको अभियन्तामा राष्ट्रिय शिवसेना पार्टी, पुरानो शक्ति अभियान नेपाल, राष्ट्रवादी विकासशील अभियान, नेपाली काँग्रेस राष्ट्रवादी, हिन्दु प्रतिष्ठान नेपाल, ओम हिन्दु धर्म संरक्षण नेपाल समेत रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ