arrow

सरकारमा जाने हल्लापछि सीपी मैनाली 'फायर'

यो सरकारविरुद्ध लडिन्छ

logo
प्रकाशित २०७४ वैशाख १७ आइतबार
cp-mainali-final.jpg.jpeg

काठमाडौं । सरकारले मधेसी मोर्चालाई चुनावमा ल्याउनका लागि संसदमा पेश गरेको संविधान संशोधन विधेयक पास गराउन दुई तिहाई जुटाउन कसरत जारी राखेको छ ।

दुई तिहाईका  लागि सरकारले विपक्षमा रहेका विभिन्न दलहरुसँग छलफल थालेको छ । संविधान संशोधन विधेयक पास गराउने अंकगणित मिलाउन सरकारले विपक्षमा रहेको नेकपा मालेसँग पनि छलफल भइरहेको जनाएको छ ।

प्रधानमन्त्रीका प्रमुख प्रशासनिक सल्लाहकार नारायण प्रसाद दाहालले विपक्षी सबै दलहरुसँग छलफल थालेको भन्दै मालेसँग पनि परामर्श भएको बताए । उनले भने, ‘सवैलाई ल्याउने प्रयत्न भइरहेको छ । माले आउने भन्ने कुरा आयो । तर, यसै भन्न सकिँदैन । छलफल धेरैसँग भएको छ । छलफलमा आउने भनेर पछि नआउन नि सक्छन्, दलहरुको के कुरा भयो र ?’ याे तीन दिन चलखेल जे पनि हुन सक्ने भाे ।

माले महासचिव सीपी मैनालीले भने आफुहरु सरकारमा सहभागि हुने भन्न हाल्ला झुठा भएको बताए । झोंकिदै उनले भने, ‘जसका विरुद्ध हामी लडिरहेका छौँ । त्यसै सरकारमा जानेकुरा कल्पना समेत गर्न सकिँदैन । यो हल्ला चलाइएको हो ।’

आफुसँग कसैले एक शब्द पनि नसोधेको मैनालीको जिकिर छ । उनले अगाडि थपे, ‘सरकारमा जाने कुरा त छोडौँ प्रस्ताव आयो भने स्वीकार्ने कुरो समेत हुँदैन ।’ संविधान संशोधनको सबै वुँदामा आफ्नो पार्टीका पाँच सांसदले संयुक्त र एकल संशोधन हालेको समेत मैनालीले जानकारी दिए ।

उनले भने, ‘हामीले सरकारले पेश गरेको संविधान संशोधन विधेयकको सबै बुँदामा संशोधन हालेका छौँ ।’  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ